काभ्रेपलाञ्चोकमा ३० वटा ट्राफिक सचेतनामूलक बोर्ड स्थापना

 

धुलिखेल — विपद्को समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटनाको रोकथाम तथा न्युनिकरणका लागि काभ्रेपलाञ्चोकमा ३० वटा ट्राफिक सचेतनामूलक बोर्डहरू राखिएका छन्।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वय र सहकार्यमा, सडक डिभिजन कार्यालय भक्तपुरको सहयोग तथा जिल्ला प्रहरी कार्यालय धुलिखेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त प्रयासमा वि.पि. राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानहरूमा बोर्ड स्थापना गरिएको हो।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्र.ना.उ. मिन बहादुर घले र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिल धाँजु उपस्थित रहेको थियो।