

काठमाडौं, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज च्यासलस्थित एमाले मुख्यालयमा महत्वपूर्ण ‘वान टू वान’ भेटवार्ता भएको छ।


दुवै नेताबीच हाल राजनीतिक वृत्तमा चर्चा भइरहेका सम्भावित टकरावको अड्कलबाजीबीच भएको यो भेटमा सौहार्दपूर्ण माहोल देखिएको छ। ओली र भण्डारी दुवै जना हँसिलो र प्रफुल्लित मुद्रामा देखिनुले पछिल्लो समय उठेका मतभेदका चर्चालाई केही हदसम्म कमजोर पारेको संकेत मिलेको छ।



पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँगै एमाले भित्र शक्ति सन्तुलनको विषयमा चर्चा चल्दै आएको थियो। यद्यपि आजको भेटवार्ताले दुवै नेताबीच सहकार्यको सम्भावना बलियो रहेको सन्देश दिएको छ।

भेटवार्ताको आधिकारिक एजेन्डा बाहिर आएको छैन तर विश्लेषकहरूका अनुसार यो भेट एमाले भित्रको आन्तरिक समन्वय र भावी राजनीतिक रणनीतिसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ।
च्यासलस्थित मुख्यालयमा भएको यो भेटले एमालेको नेतृत्व तहमा देखिएको सम्बन्धको स्पष्ट सन्देश दिएको विश्लेषण गरिँदैछ।