काठमाडौं, नेपाल — नेपाली संगीतप्रेमीहरूको लागि एक नयाँ रोमान्टिक पप गीत “निश्चल तिम्रो आँखा” हालै सार्वजनिक गरिएको छ, जसले युवा प्रेम, सरलता र नेपालीपनलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। रुद्रांश प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो ।
गीतमा लोकप्रिय गायक रवि बज्राचार्यको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत सोहन मानन्धरको सिर्जनात्मकता झल्किएको छ। संगीत संयोजन (एरेन्जमेन्ट) मा इमान विक्रम शाहले गीतलाई आधुनिकता र गहिरो भावनात्मकता प्रदान गरेका छन्।
गीतको भिडियो निर्देशनमा शिरीष रत्न तुलाधरले अत्यन्तै मनमोहक दृश्य संरचना तयार पारेका छन्। क्यामेरामा अमृत ट्याटको कुशल दृष्टिकोणले प्रेम भावनालाई जीवन्त बनाएको छ।
राज फैजु र अस्मिता लामिछानेको प्रमुख अभिनयले कथालाई प्रेमिल र संवेदनशील बनाउँछ, भने आरभ गौतम र एलभिरा महर्जन बालकलाकारको रूपमा देखिएर भिडियोमा झनै मिठास थपेका छन्।यस गितको बालकलाकार आरभ गौतम र एलभिरा महर्जन अन्तर्राष्ट्रिय किड्स पेजेन्टका बिजेता हुन् ।