काभ्रेपलाञ्चोक — “ज्येष्ठ नागरिकको सम्मान, सभ्य समाजको पहिचान” भन्ने नाराका साथ बनेपा नगरपालिकाको ज्येष्ठ नागरिक नगर मञ्चद्वारा आयोजित दोस्रो अधिवेशनको उद्घाटन सम्पन्न भएको छ। कार्यक्रम २०८१ असार २० गते, शुक्रबारका दिन सम्पन्न भएको हो।

उक्त अधिवेशनको प्रमुख अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य रहनुभयो भने विशेष अतिथिका रुपमा उप–प्रमुख बिमला सापकोटाको उपस्थिति थियो। कार्यक्रमको सभापतित्व वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष तथा बनेपा ज्येष्ठ नागरिक नगरमञ्चको अध्यक्ष कृष्ण प्रसाद दाहालले गर्नुभयो।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष चन्द्र बहादुर खडकालगायत अन्य सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

बनेपा नगरपालिकाको सहयोगमा आयोजित यो अधिवेशनले ज्येष्ठ नागरिकहरूप्रति सम्मान जनाउँदै उनीहरूका अनुभव, योगदान र आवश्यकतालाई समेट्ने पहलस्वरूप महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

नगर प्रमुख शान्ति रत्न शाक्य र उप-प्रमुख बिमला सापकोटा दाहालले ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाको सेवा र सुविधामा अझ प्राथमिकताका साथ जोड्ने प्रतिबद्धता जनाउँदै समाजमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिने बताए।

आयोजकले आगामी दिनमा ज्येष्ठ नागरिक मैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly