काभ्रेपलान्चोक – राष्ट्र तथा जिल्ला कै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा परिचित र बारम्बार बोर्ड प्रथम तथा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल सिद्धार्थ मावि तथा कलेजले २०८१ मा SEE मा सहभागी भई उत्कृष्ट नतिजा ल्याएका सम्पूर्ण बिद्यार्थीहरुलाई सम्मान तथा उच्च शिक्षा परामर्श कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुइँटेलको अध्यक्षतामा सञ्चालन गरिएको छ। नेपाल सरकार बागमती प्रदेशका पूर्व सचिव चन्द्रप्रसाद लुइँटेल, प्रमुख अतिथि (विद्यालय सल्लाहकार), अभिभावक शिक्षक संघका रामचन्द्र भट्टराई र सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख पुकार कर्णजितले विद्यार्थीहरुलाई शुभकामना तथा उच्च शिक्षा सम्बन्धी परामर्श दिनुभएको थियो ।

उक्त कार्यक्रममा SEE उत्तीर्ण हुने विद्यार्थीका अभिभावकहरु‌लाई पनि सम्मान गरिएको थियो । सिद्धार्थ मावि बाट SEE २०८१ सालमा ३३ जना सहभागी विद्यार्थी १००% नतिजा सहित ३.६१ GPA २२ जना, ३.२१ GPA १० जना र ३.०४ GPA एक जनाले ल्याई उत्कृष्ट नतिजा ल्याएका छन्। उक्त कार्यक्रम विद्यालयका Vice Principal सुधिर न्यौपानले सञ्चालन गरेका थिए।.

त्यसै गरि सिद्धार्थ मावि कलेज +2 Science & Management (with Computer Science) पनि राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त विद्यालय हो। कक्षा ११ मा विज्ञान र व्यवस्थापन दुवै तर्फ भर्ना खुलेको जानकारी समेत विद्यालयका प्राचार्य गुञ्ज प्रसाद लुइँटेलले गराउनु भयो।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly