राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको आठौ पुर्ण बैठकले ११ औ जिल्ला अधिवेशन धुलिखेलमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकको अध्यक्षता जिल्ला अध्यक्ष इश्वर वल्लभ सापकोटाको अध्यक्षता एवम नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

बैठकमा नेकपा एमाले वागमती प्रदेश कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना, जिल्ला जनसंघठन समन्व्य प्रमुख प्रकाश रोक्का, युवा संघका केन्द्रिय सदस्य मिलान लामा, खुसराज लामा लगायतको उपस्थिती थियो ।

बैठकले अधिवेशन लक्षित जिम्मेवारी पनि बाडफाड गरेको छ । काभ्रे जिल्लामा १३ पालिका एवम १३५ वटा वडाका प्रतिनिधित्व सहित जिल्ला अधिवेशन आयोजना गरिनेछ  । यहीँ आउदो साउन १७ गते धुलिखेलमा हुने भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly