काभ्रे — मोटर स्पोर्ट्स नेपाल क्लबद्वारा आयोजित Nepal Road Racing Championship 2025 को दोस्रो चरण (Round सफलतापूर्वक सम्पन्न भएको छ। मोटरसाइकल रेसिङको यो रोमाञ्चक प्रतियोगिता जेठ ३१ गते शनिबार काभ्रेको बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलको परिसरमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले खेलाडीहरूलाई खेलको माध्यमबाट जीवन सशक्त र व्यावसायिक सफलतामा रूपान्तरण गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलले अनुशासन, समर्पण र आत्मविश्वास विकास गर्ने बताउँदै युवालाई यस्ता गतिविधिमा सक्रिय रहन आग्रह गर्नुभयो।
प्रतियोगिता बिहान १०:१५ बजेबाट सुरु भएको थियो। उद्घाटन र समापन समारोह भव्य रूपमा सम्पन्न भएको आयोजक क्लबले जनाएको छ।
मोटर स्पोर्ट्सको प्रवर्द्धन तथा युवाहरूमा मोटरसाइकल रेसिङप्रति रुचि बढाउन प्रतियोगिता महत्वपूर्ण भएको आयोजकको भनाइ छ।