ॐ समाज डेण्टल अस्पताल ले एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
काठमाडौं, राजन थापा २०८२ जेठ २४, शनिबार (निर्जला एकादशी) — सामाजिक उत्तरदायित्वतर्फ एक सशक्त कदमस्वरूप, आैज काठमाडौंका दुई स्थान चाहाबिल र बोराटारस्थित शीतला मा बि मा पनि बंन्सथली बाट नि:शुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएका छन्।
कार्यक्रम ओम समाज डेन्टल अस्पतालको सहयोगमा, लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगा, तारकेश्वर क्लब–६०, तथा लायन्स क्लब अफ काठमाडौं नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
बोराटार स्थिति शीतला मा बि मा शिविर:
सम्पन्न शिविरमा सयौं स्थानीय बासिन्दाहरूले नि:शुल्क दन्त परीक्षण र उपचार सेवा प्राप्त गरे, साथै उल्लेखनीय संख्यामा स्वयंसेवकहरूले चाबहिल मा अस्पताल का घिमिरेले पनि रक्तदान गरे।
लायन्स क्लबका संयोजकले भने:
“कार्यक्रमको उद्देश्य नागरिकहरूमा दन्त स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु र रक्तदानमार्फत जीवन बचाउन योगदान गर्नु हो।”
शिविरमा ४ वर्षीया बालिकादेखि ८६ वर्षीय वृद्धसम्मले सेवा लिएका थिए, जसले कार्यक्रममा सबै उमेर समूहको समावेशिता देखाउँछ।
भावनात्मक क्षण:चितवन निवासी सीता बरालको भनाइ विशेष ध्यानाकर्षण गर्ने खालको थियो: “म आज रक्तदान गर्न आएकी थिएँ। संयोगवश, १५ वर्षअघि मेरो भाइको जीवन बचाउने डा. सुवास घिमिरे सरलाई भेट्ने मौका पाएँ।
त्यो बेला चितवन र काठमाडौंका अस्पतालहरूले विदेश लैजान सल्लाह दिएका थिए, तर एकजना साथीले नेपालकै वरिष्ठ डाक्टर सुवास सरलाई देखाउन सल्लाह दिए।
वहाँसँग भेटेर सबै कुरा बताएँ र वहाँकै हातबाट सल्यक्रिया गराएँ। अहिले मेरो भाइ पूर्ण रूपमा स्वस्थ छन् र दिनको एक पटक वहाँको नाम लिन्छन्।
आज वहाँसँग फोटो खिच्न पाउँदा म अत्यन्तै खुसी छु।”
त्यस्तै, एक स्थानीय वृद्धले डा. सुवास घिमिरेलाई “नेपाली तथा विदेशी मनमा बस्न सक्ने डाक्टर” भन्दै उच्च प्रशंसा गरे।
कार्यक्रम व्यवस्थापनमा संलग्न अस्पतालका “सिविरको आयोजना अस्पतालतर्फबाट गरिएको हो, जस्मा क्याम्प ब्यवस्थापन धन प्रसाद घिमिरे, अस्पताल प्रबन्धक बीजेन्द्र लाल, तथा ब्रान्ड मेनेजर सिर्जु अधिकारी सहभागी थिए।”जस्मा अधिकारी का भनाइ अनुसार,
“हामी नियमित रूपमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छौं र आगामी दिनहरूमा पनि निरन्तरता दिनेछौं।”बंन्सथली स्वास्थ्य शिविर:बंन्सथली शाखाबाट लायन्स क्लब अफ काठमाडौं नेपालको आयोजनामा सम्पन्न स्वास्थ्य शिविर पनि अत्यन्त प्रभावकारी रह्यो।
शाखाकी प्रमुख सबिना पापन गुरुङका अनुसार: “स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता र चिकित्सक टोलीको समर्पणले शिविर सफल र प्रेरणादायी बनायो।”
शिविरमा दन्त परीक्षण, रक्तचाप, मधुमेह परीक्षण लगायतका विविध स्वास्थ्य सेवा नि:शुल्क रूपमा उपलब्ध गराइएको थियो।
“रक्तदान — जीवनदान” अभियानमा बरिस्ठ हास्य कलाकार गाेपाल ढकाल ढकाल छन्दे काे भनाइ अनुसार अाज निर्जला एकादशीको पावन अवसरमा, समाजसेवी राजन थापाको निमन्त्रणामा, श्रीदेव भट्टराई र अन्य साथीहरूले १८औं र १२औं पटक रक्तदान गरे।
उनीहरूले भने:“हामीलाई यस्तो सकारात्मक स्वास्थ्य अभियानमा सहभागी गराउने ओम समाज डेन्टल परिवार र आयोजकहरूलाई हार्दिक आभार।” समापन तथा प्रतिबद्धता:
दुवै शिविरले समुदायमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि, सेवा भावना, र सकारात्मक ऊर्जा फैलाएको छ।
चिकित्सक टोली, स्वयंसेवक, सहकार्य संस्था र सहभागीहरूप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन्।
तारकेश्वर क्लब–६० का अध्यक्ष राजन थापाले भने:
“हामी आगामी दिनहरूमा पनि यस्ता अझ व्यापक, सुदूरवर्ती क्षेत्रलाई समेट्ने नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै जानेछौं।”
ॐ समाज डेण्टल अस्पतालले एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
