राजन थापा काठमाडौं, ५ जेठ — विश्व वातावरण दिवसको अवसरमा ‘एक घर, एक बिरुवा’ अभियानअन्तर्गत उपप्रधानमन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सीबारी, ठमेलमा बहुवर्षीय रुद्राक्षको बिरुवा रोप्दै वातावरण दिवस मनाइएको छ।

यस कार्यक्रमको आयोजना लायन्स क्लव अफ काठमाडौं वाग्मती र जिल्ला परिषद् ३२५ एच अन्तर्गतका लायन्सहरूले संयुक्त रूपमा गरेका थिए। लायन्स क्लव अफ काठमाडौं वाग्मतीले सन् २०१५ देखि हरेक लायन सदस्यको घरमा कम्तीमा एक रुख रोप्ने अभियान सञ्चालन गर्दै आएको छ। यही अभियानअनुसार हरेक वर्ष जिल्ला प्रमुख पदाधिकारीहरूको निवासमा बिरुवा रोप्ने गरिन्छ।

कार्यक्रम संयोजक लायन सल्मा सेरचनले प्रतिष्ठित व्यक्तिहरूको घरबाट वृक्षारोपण सुरु गर्नुको उद्देश्य अभियानप्रति जनचासो जगाउनु रहेको बताइन्। उनले भनिन्, “यिनै व्यक्तिहरू अभियानका ब्रान्ड एम्बासडर बन्नुका साथै जनचेतना फैलाउन मद्दत पुग्छ।”

क्लव अध्यक्ष उषा सिंहका अनुसार काठमाडौं उपत्यकामा पर्याप्त सार्वजनिक वा खुला जमिन अभाव रहेकोले शहरमा बस्ने लायन्स सदस्यहरूको घरमै रुख रोप्ने विकल्प खोजिएको हो।

कार्यक्रममा बोल्दै जिल्ला परिषद्को वातावरणीय संयोजक लायन सौरभ श्रेष्ठले भने, “एक घर, एक रुख अभियान भनेको केवल शारीरिक रूपमा रुख रोप्ने मात्र होइन, सोचमा रुख रोप्ने अभियान हो। चेतना फैलाउन सके छिट्टै यसको मूर्त प्रभाव देखिन थाल्नेछ।”

उपप्रधानमन्त्री सिंहले वातावरण संरक्षणमा वृक्षारोपणको महत्त्व औँल्याउँदै भने, “एक व्यक्तिको सासप्रस्वासका लागि कम्तीमा तीन वटा रुख आवश्यक हुन्छन्। त्यसैले काठमाडौंको सडक किनार, नदी किनारा, विद्यालय, क्याम्पस, सरकारी कार्यालयजस्ता सार्वजनिक स्थानमा वृक्षारोपण हुनु अत्यावश्यक छ।”

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly