नमोबुद्ध नगरपालिका भकुण्डे नौबिसे महादेव मन्दिरमा यहि भदौ १४ गते चर्चित कलाकारहरुको साथ तीज स्पेसल विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित कलाकारहरु भकुण्डेमा जम्मा हुने भएको छ । उद्धार खबरद्वारा आयोजित तीज कार्यक्रममा चर्चित कलाकारहरुको टोलीले भकुण्डेमा तहल्का पिट्ने भएको हो ।
चर्चित कलाकारहरुको जम्बो टोलील भाद्र १४ गते नौबिसे भकुण्डे स्थित महादेव मन्दिर परिसरमा तहल्का मच्चाउन चर्चित कलाकारहरु आउन लागेको हो । चर्चित कलाकारहरुको टोलीले भकुण्डेमा तीजको छुट्टै रौनक प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।
विविध साँस्कृतिक कार्यक्रममा गीत सँगितका साथै हाँस्य व्यङ्ग्य तीखो प्रहार ककार्यक्रममा रहने आयोजकले जनाएको छ । तीज विशेष विविध साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु नायिका रेखा थापा, गायक यम बराल, कृष्ण कँडेल, बिक्रमजंग शाह, नवराज घोरासैनी, राजु परियार, यस कुमार, अमृत खाती, रामकुमार नेपाली, करिष्मा ढकाल, प्रतिमा अर्याल, स्मृति गौतम, आशा लामा, बिशाल थिङ, श्याममाया गुरुङ्ग, मनिषा घोरासैनी, दाबा फिन्जो तामाङ, अमृत भारती, जीवन परियार लगायतका कलाकारहरुले भकुण्डे तताउनेछन् ।
यस्तै रवि डँगोल (बेइमान), अनिता बस्नेत (मास्टर्नी) सुलेमान शंकर (इकु), पूर्ण थापा लगायतको कलाकारहरुले हाँस्य खुराक पस्कदै भरपुर मनोरंजन दिने छ । यसैगरी विशाल थिङ, करन तामाङ, रामशरण जंगम, दिनेश लामा, बिशाल कालतान, निमा लामा, जुना आले मगर, सुबास शर्मा, अमोन राना लगायतका कलाकारहरुले बिशेष प्रस्तुति रहने आयोजकको दाबी छ ।
उद्दार खबरको तीज विशेष साँस्कृतिक कार्यक्रम २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देल प्रमुख अतिथि रहनेछन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..