काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ मा रहेको श्री डेडीथुम्का माविमा आगामी जेठ १५ गते पूर्व विद्यार्थी शिक्षा सम्मेलन -२०८२ हुने भएको छ ।

आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आयोजक मूल समारोह समितिले सम्मेलनको बारेमा जनाकारी गराएका हुन् । आयोजकका अनुसार यस विद्यालयले २०३८ सालदेखि यता एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै छन् । विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीहरुलाई पुनर्मिलन गराउने र डेडीथुम्काका साथै समग्र नगरपालिकाको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे छलफलका लागि सम्मेलन गर्न लागिएको आयोजक श्री डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly