
काठमाडौँ : नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनका लागि विभिन्न १६ राजनीतिक दललाई निमन्त्रणा गरेको छ। अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका शीर्ष नेताहरूलाई आधिकारिक निम्तो पठाएको जनाएको छ। समितिले कस–कसलाई आमन्त्रण गर्ने भन्ने सूची तयार गरी त्यसअनुसार निमन्त्रणा पत्र पठाइएको हो।

समितिकी सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेमकिपा, लोसपा, जसपा, जसपा नेपाल, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ।
बिज्ञापन

उनका अनुसार विदेशमा रहेका तथा भौतिक रूपमा भेट्न कठिन व्यक्तिहरूलाई शुभकामना सन्देश माग्ने माध्यमबाट निमन्त्रणा पठाइएको छ। नेपालस्थित विदेशी नियोगहरूलाई पनि निमन्त्रणा पठाइसकिएको र सम्भव भएसम्म उपस्थित रहन अनुरोध गरिएको समितिले जनाएको छ।




