भक्तपुर, क्वालिटी अंग्रेजी माविकाे २६ अाै वार्षिकोत्सब भव्यताकासाथ सम्पन्न भयो ।

चांगुनारायण नगरपालिका वडा न ६ स्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले भत्केपाटी स्थित ख्वप बैङ्क्वैट मा आफ्नो २६ औं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमका साथ सम्पन्न गरेको हाे ।

राष्ट्रिय गानका रचयिता / सर्जग प्रदिप कुमार राई ‘व्याकुल माइला’ काे प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माइलाले सम्पूर्ण विद्यार्थीले आफूमा राष्ट्रप्रेमको भाव विकास गर्नु‌पर्नेमा जोड दिनुभएको थियो । उहाँले गत वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षिका अनिता थापालाई नियमित शिक्षकको सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय समितिका अध्यक्ष सुवास न्यौपाने, वरिष्ट उपाध्यक्ष शंम्भु अधिकारी, महासचिव प्रकाश चन्द्र खड्‌का, काठमाण्डौका अध्यक्ष अमृत खड‌का तथा भक्तपुरका अध्यक्ष संजय खड्‌का उपस्थित कार्यक्रममा एस.इ.इ. २०८० का विद्यार्थीहरुलाई सम्मान तथा प्रगतीको कामना गरिएको थियो ।
कार्यक्रममा बालबालिकाहरूको असल हेरचाह हेतू मनोबैज्ञानिक परामर्शदाता डा. रविन कटवालको सहजीकरणमा ‘संस्कार सहित को शिक्षा’ विषयक अभिभावकिय शिक्षा कार्यक्रमले अभिभावकहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुद्धारा नृत्य तथा गायनहरू प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly