काठमाडौं,
फागुन २१ ।
कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आउनुभएको छ । कमेडी जनरमा तयार पारिएको सिरिलको ट्रेलर सार्वजनकि भएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गर्नुहुने छ । सिरिज सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिदै हुनुहुन्छ ।
काठमाडौंमा कोठा भाडा लिई बस्ने दुई युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथोकी, सीताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारको समेत अभिनय रहेको छ ।
‘मैले काम गर्ने अक्सर एक्सन जनराका छन् । तर, वेवसिरिज लिएर आएका छौं । काठमाडौं संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं । जसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनेछ’, सविन श्रेष्ठ भन्नुहुन्छ ।