



काभ्रेपलाञ्चोक – ‘महिलामाथिको भेदभाव कहिले अन्त्य हुन्छ?’ भन्ने प्रश्नसहित छोरीले आफ्नै बुवाको काजक्रिया गरेपछि सामाजिक बहिष्कारका बहस र बैठक तत्काल रोक्न आग्रह गरिएको छ।



बनेपा नगरपालिकाको उपप्रमुख विमला सापकोटा दाहालका पूजनीय पिता हरि प्रसाद सापकोटाको ९१ वर्षको उमेरमा असामयिक रूपमा दिवंगत हुनु भएको छ। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट काभ्रे प्रेस परिवार गर्दछ।

सानैमा आमा गुमाएकी छोरीलाई बुवाले आमाको माया र अभिभावकत्व दिँदै हुर्काएका थिए। छोरा नभएको कारण बुवाले जीवनभर समाजको तिरस्कार भोगे पनि, मृत्यु पश्चात पनि काजक्रियाको विषयलाई लिएर समाजले बहस चलाएको छ।
परिवारका अनुसार छोराले मात्र काजक्रिया गर्न सक्ने परम्पराविरुद्ध अडान लिँदै छोरीले बुवाको अन्तिम संस्कार सम्पन्न गरेकी हुन्। “हामीले बुवाको जीवनमा उपचार र स्याहारमा कुनै कमी हुन दिएनौं, बुवा निश्चय बैकुण्ठवासी हुनुहुन्छ भन्नेमा ढुक्क छौं,” उप-प्रमुख सापकोटाले फेस्बुकमा लेखेकी छिन् ।