काठमाडौं हेरिटेज धरहराको बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सोमबार नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस प्राङ्गणमा लियो क्लब अफ काठमाण्डौं जाउलाखेल फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
निशुल्क स्वास्थ्य शिविरमा १७२ जनाले आँखा तथा २ सय ५ जनाले दाँत परीक्षण गराएर स्वास्थ्य लाभ लिएका थिए । उक्त शिविरमा ६८ जनाले रक्तदान कार्यक्रममा सहभागी हुँदा ६८ पिन्ट रगत सङ्कलन भएको  आयोजक क्लबका अध्यक्ष भुपेन्द्र सिलवालले बताए । लायन्सको निशुल्क स्वास्थ्य शिविरका कारण स्थानीय रक्त सञ्चारलाई ठूलो मद्दत पुर्‍याएको लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालकी रिजन चियरपर्शन सुष्मा भण्डारीले बताइन् ।

तारकेश्वरक्लब ६०का अध्यक्ष राजन थापाले स्थानीय समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यस प्रकारका कार्यक्रमहरूले उच्च शिक्षालयमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे ।
उक्तशिबिर मा ८७ बर्षका बुवा साथै कलेज का प्रमुख ,शिक्षक प्रहरी निरिक्षक प्रहरी जवान अादिले सेवा लिएका थिए।

यस स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए, जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । क्लबले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने  प्रतिबद्धता जनाउनु भयाे ।

उक्त शिविरमा लियो क्लब अफ काठमाण्डौं जाउलाखेल फ्रेण्डस तारकेश्वर क्लब ६०ले सहआयोजना गरेका थिए भने ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, ॐ समाज डेण्टल अस्पताल र किर्तिपूर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । रक्तदान दिने दातालाई लायन्स क्लबले प्रमाणपत्र समेत उपलब्ध गराएको थियो ।
राजन थापाले बताए अनुसार महिनाकाे ५ वटा क्याम संचालन गर्ने उक्त क्याम संचालन गर्न मेघा अस्पताल ,नेशनल अस्पताल ,ग्रीन सिटि अस्पताल चिरायु अस्पताल ,ईसान बाल र महिला अस्पताल किर्तिपुर अाखा अस्पताल र दातकाे लागि ॐ समाज डेन्टल अस्पताल रगतकाे लागि नेपाल रेड्कस साेसाइटि र ग्राडि इन्टरनेशनल अस्पताल हरुलाई सहकार्य गरेर सिबिर संचालन गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly