काभ्रेपलान्चोक – काभ्रे प्रहरीले दुई वर्ष अघि ललितपुरबाट हराएको स्कुटर धनीलाई बुझाएको छ । २०७६ भदौ ११ गते ललितपुरको पुल्चोकबाट हराएको स्कुटर आज सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

पनौतीमा नियतिम चेकजाँचका क्रममा सवारी दर्ता किताब साथमा नराखी स्कुटर चलाएका एक चालकले मे ६प १३६२ नं को स्कुटर छाडी फरार भए पछि उक्त स्कुटर कसको रहेछ भनी खोज तलास गरि सम्बन्धित धनिलाई बुझाएको हो ।

अनुसन्धानबाट उक्त स्कुटर झापा भद्रपुर नगरपालिका ३ घर भई हाल ललितपुर सातदोबाटो बस्ने श्रीसा सुब्बाको रहेको खुलेपछि उनलाई बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जानकारी दियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly