भक्तपुर , २०८१ असोज ६
नेपाल सभात संघ तथा ताईक्वानडो आईटीएफ़ नेपालको आयोजना तथा चित्तपोल आईटीएफ़ ताईक्वानडो डोजांगको संयोजनमा यहि असोज ५ गते सूर्यबिनायक न.पा ओड़ा नंबर १० स्थित बास्केटबल कोर्टमा एक दिवसीय दोश्रो नेपाल खुल्ला सभात ( फ़्रेंच बक्सींग) प्रतियोगिता सम्पन्न भएको छ ।

नेपालका ३३ जिल्लाका तथा भारतका महिला ६७ पुरूष १८६ गरि कुल २५३ खेलाडी तथा अफ़ीसियलको सहभागी रहेको थियो । महिलाको १० तथा पुरुष को २१ तौल समूहमा खेलाइयको उक्त प्रतियोगितामा पुरुष १८ बर्स माथी ६०केजी मुनि तौल समूहमा काभ्रेका सुहान भोलनले स्वर्ण, कुन्सांग तामांग रजत तथा देभराज तामाँग र मनील श्रेष्ठ ले काश्य, ६०-६८केजी समूहमा सिंधुलीका शान्त कु रानामगरले स्वर्ण , काठमांडूका आस्तिक नकर्मीले रजत , सिंधुपालचोकका निशांत लामीछाने र भक्तपुरका भूपेन राज लामीछानेले कास्य पदक, ७०केजी माथी नेपालका सस्मन बस्नेतले स्वर्ण भारतका सर्वेश यादबले रजत पदक जीतेका थिये भने महिला १८ बर्स माथी ५४ केजी मुनि भक्तपुरकी आरती सिंखवालले स्वर्ण, अनुशा गोर्खालीले रजत र काभ्रेकी सुष्मा घ्याबाले कास्य पदक हात पारेकि थिन। बिजयी खेलाडीहरूलाई प्रमुख अतीथि बागमति प्रदेश खेलकूद परिषदका सदस्यसचिब दीपक लामा अतीथीहरु बागमती खेलकूदका प्रशासकीय अधिकृत दुर्गा दुलाल, भक्तपुर जिल्ला खेलकूदका पूर्व अध्यक्ष दिलीप केसी, ललितपुर खेलकूद प्रशिक्षण केन्द्रका अध्यक्ष सिद्धि बेंज़नकार, राष्ट्रीय ताईक्वानडो संघका उपाध्यछे सनीश लगेजू लगायेतले मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयको थियो ।

आईटीएफ़ नेपाल तथा सभात नेपालका अध्यक्ष तथा मुख्य प्रशिक्षक मास्टर लक्ष्मण बस्नेत ( आईटीएफ ताईक्वानडोमा नेपालको लागी पहिलो अंतराष्ट्रीय पदक विजेता एवं बिश्व ताईक्वानडो प्रतियोगीता २०१६ यूके का पदक बीजेता) तथा चित्तपोल आईटीएफ़ डोजांगका प्रमुख सल्लाहकार बच्चन देउजाले सयुक्त उद्घघाटन गरेको प्रतियोगीतामा काभ्रेका ७ वर्षीय निरभ तामाँग तथा काठमांडौकी आयशा थापा मगर उत्कृष्ट खेलाड़ी भयका थिय । यस प्रतियोगिताका अव्वल खेलाड़ीहरुले सन २०२५ को भारतको नया दिल्लीमा आयोजा हुने एशियन प्रतियोगितामा सहभागी हुने र उनीहरूले उक्त प्रतियोगीतामा पनी उत्कृष्ट खेल प्रदर्शन गरि नेपालको नाम बिश्व सामू चम्काउने छन भन्ने कुरामा आफू बिश्वस्त रहेको मास्टर लक्ष्मण बस्नेत बताऊछन।

 

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz