बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा तथा वार्षिकोत्सव संस्थाका अध्यक्ष ईश्वर के.सी.को अध्यक्षतामा सम्पन्न भएको छ।

सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सचिव उद्द्व प्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रेम कुमार लामाले र लेखा परिक्षण प्रतिवेदन संयोजक पुजन श्रेष्ठले प्रस्तुत गरेका थिए।

संस्थाको कुल सम्पत्ति तथा दायित्व २३ करोड ४३ लाख २२ हजार रहेको छ भने शेयर पूँजी १ करोड ८१ लाख ६२ हजार रहेको छ। मुनाफा ७७ लाख ८३ हजार ६ सय रहेको जनाएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर के.सी.ले एक्सप्रेस साकोसप्रति सदस्यहरूले देखाएको विश्वास र सद्‌भावले गर्दा नै आज संस्था सदस्यहरूको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको बताए। सहकारी ऐन-नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रूपमा सदस्यहरूलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरूण थापाले यस विषम् परिस्थितिमा संस्था, सदस्यहरूले सकारात्मक ढंगबाट परिचालन गर्न सके मात्र समग्र सहकारी अभियान सुदृद्ध हुन गई संस्था र सदस्य दुवैको सामाजिक, सांस्कृतिक र वित्तिय जीवन सरल, सहज भई बजारमा समेत आर्थिक गतिविधि चलायमान हुने
विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा संस्थाका उत्कृष्ट शेयर सदस्य, बचत-कर्ता, ऋणिहरूलाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly