

भुम्लु गाउँपालिका वडा नं. ६ कोलातीभुम्लुका किसानहरुलाई ८० वटा खानेपानी ड्रम बितरण गरिएको छ ।

शुक्रबार वडा कार्यालय बाट भुम्लु गाउँपालिका वडा न.६ कोलातीभुम्लुमा किसानहरुलाई ८० वटा खानेपानी ड्रम बितरण गरिएको हो । खानेपानीको ड्रम पाए पछी किसानहरु निकै खुशी भएका छन् ।




ड्रम वितरण कार्यक्रममा प्रमुख अतिथिमा भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र बिशेष अतिथिमा जितेन्द्र तामाङ रहनु भएको थियो।


भुम्लु गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष भरत बहादुर शिवभक्ति सहितको टोलिले कोलातीभुम्लुको किसानहरुलाई ८० वटा ड्रम वितरण गरिएको छ ।
उता रोटरी क्लबद्वारा भुम्लु गाउँपालिका वडा नं. ६ आपघाटमा ३७ घर परिवारलाई ३७ वटा पक्की शौचालय निर्माण कार्य पुरा गरी स्थानियबासीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङले सहयोगी हातहरु लाई धन्यवाद दिएका दिनु भएको थियो ।