काभ्रेपलान्चोक – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४४ पुगेको छ।

नेपालमा आज ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४४ हजार ३०७ जना र एन्टीजेन परीक्षणबाट ७९ हजार ३४० जना पुगेको छ।

आज २६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ।

आज १७ हजार ६५४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख १३ हजार ५४५ जनाको पिसिआर र ४ लाख २४ हजार ११० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly