शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजे 

काठमाडौं । सरकारले चैत २३ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिलाई सहज बनाउने उद्देश्यसहित सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेल ले शैक्षिक संस्थाबाहेक अन्य कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम रहने जानकारी दिएका छन्।

बिज्ञापन