


काठमाडौंँ । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमासम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका हुन् ।


प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम र सिनियर केटातर्फ आरुष विजेता बन्दा जुनियर केटीतर्फ सायुरी र सिनियर केटीतर्फ अक्क्षयनी ले उपाधि चुमे । जुनियर केटातर्फ सम्भव जैन फष्ट रनरअप, आर्देन सुवेदी सेकन्ड रनरअप चुँनिदा सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए ।

जुनियर केटीतर्फ सदिक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धाको फिनालेमा सम्पूर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्रे स्कुल तथा एकडेमिक निर्देशक), लव कार्की (संचारकर्मी), पुनम भट्ट (अफिसर अर्थ मन्त्रालय), मुकुन भुषाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल) लगायत निर्णायक रहेका थिए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हँुदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । प्रतियोगिताको डान्स कोरियोग्राफर संयुक्त स्थापित थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताको कोरियोग्राफी अन्तराष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुने अवसरसहित चएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेको छन् । – sansars online tv बाट

                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          