राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘इ-लाइब्रेरी’ सेवा शुभारम्भ

|| मंगलबार, भाद्र १९, २०८०
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘इ-लाइब्रेरी’ सेवा शुभारम्भ

काठमाडौँ – नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्चविद्यालय, केन्द्रिय पुस्तकालयबीच ‘इ–लाइब्रेरी’ सेवा सञ्चालन कार्यको शुभारम्भ भएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले औपचारिक सुभारम्भ गरेका हुन् । सोक्रममा उनले ‘इलाइब्रेरी’ सेवामा उपलब्ध इ–रिसोर्सहरुको उपयोग गर्ने विधिको नमूना समेत प्रदर्शन गरेका थिए ।
सेवा सञ्चालनले प्रहरीमा अध्ययन संस्कृतिको विकास हुने विश्चास व्यक्त गर्दै उनले यसले प्रशिक्षण प्रदायक संस्थाहरुमा अध्ययन अध्यापन तथा अन्वेषण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । एआईजी भण्डारीले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सिकाईको स्तर, चेतना र व्यक्तित्व विकासमा ठूलो टेवा पुग्न जाने भएकोले प्राप्त सुविधाको अधिकत्तम उपयोग गर्न जोड दिए ।

प्रहरी कर्मचारीहरुलाई दक्ष, व्यवसायिक र समय सापेक्ष रुपमा उत्कृष्ट बनाउने सन्दर्भमा प्रशिक्षण प्रदायक कार्यालयहरुको महत्त्वमाथि चर्चा गर्दै प्राप्त ज्ञानको आदान प्रदानले वौद्धिक प्रहरी जनशक्ति उत्पादनमा मद्दत पुग्ने बताउँदै उनले इ–लाइब्रेरी संचालनमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद समेत व्यक्त गरे ।

बिज्ञापन

 

यस्तै त्रिभुवन विश्वविद्यालयका तर्फबाट त्रिभुवन विश्वविद्यालय, केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागर सुवेदीले नेपाल प्रहरीसँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सम्पुर्णलाई इ–रिसोर्स हरुको अधिक्तम प्रयोग गर्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रिय पुस्तकालयले रिमोट एक्ससेस सुविधासहित व्यवस्था गरेको ‘इ–लाइब्रेरी’मा लाखौंको संख्यामा अध्ययन सामाग्रीहरु रहेका, विश्वविद्यालयले खरिद गरेको ‘ईबीएससीओ होस्ट’, ‘प्रूक्वेस्ट डाटाबेस’ मा ई–पुस्तक, शोधपत्र तथा जर्नलहरु प्रयोग गर्न सकिने विषयमा जानकारी गराए ।

यसका साथै यस सेवाका माध्यमबाट अन्तराष्ट्रिय संघसंस्था, नेशनल लाईब्रेरी अफ ईन्डिया र एशियन डेभलभमेन्ट बैँकका करोडौं संख्यामा रहेका रिसोर्सहरुको प्रयोग गर्न सकिने साथै अध्ययन अध्यापनका लागि सहयोगि हुने निःशुल्क डाटावेशहरु पनि रिमोट एक्ससेस सुविधाबाट प्रयोगयोग्य भएको समेत जानकारी गराए ।

कार्यक्रमकै अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका ४८३ जना प्रहरी कर्मचारीहरु ‘इ–लाइब्रेरी’ सेवासँग आवद्ध हुनुका साथै उक्त सेवाको सदस्यता लिने क्रम जारी रहेको रहेको प्रतिष्ठानले जनाएको छ ।- हिमालय पोष्ट बाट

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up