वान्तुको ‘पाउजु बजाउँदै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वरिष्ठ गीतकार अमर वान्तुको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिज्ञापन

नागपन्चमीको अवसर पारेर सोमबार सार्वजनिक गीतको भिडयोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय छ ।

स्मृति तिमलसिनाले निर्देशन गरेको गीतको भिडियो गायिका सहिमा श्रेष्ठको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।