काठमाडौं । डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुति रहेकाे नयाँ गीत पहिलो भेटमै नजर जुध्यो सार्वजनिक हुने भएको छ ।
प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यको साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले प्रस्तुत हुन लागेका गीत पहिलाे भेटमै नजर जुध्याे आगामी बैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा बिहान ८ बजे सार्वजनिक गरिने भएको हाे ।
राजु कार्कीको एरेञ्ज रहेको यस गीतमा समिर सिटौलाले स्वर दिएका छन् । उक्त गीतको शब्द रचना डा. शाहकै रहेकाे छ भने सङ्गीत तोरेम्पा हाङ्गले गरेका छन् । लामाे समय देखि सामाजिक काममा सक्रिय बोलोचौक बिकास समितीका अध्यक्ष समेत रहेका डा. धर्मेन्द्र कुमार शाहले आगामी दिनमा नव प्रतिभाहरूकाे खाेजीमा समेत सहयोग पुग्ने भएकोले आफुले गीत निर्माण गरेकाे बताए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..