काभ्रेपलान्चोक – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को अवसरमा हामीहरुको कला सांस्कृति र मैलिकतालाई जगेर्ना गर्ने उदेश्यले नेपाली कांग्रेस काभ्रे संस्कृतिक शाखाको आयोजनामा तीज फोटो प्रतियोगिता भदौ १ गते देखि सुचारु गर्ने भएको छ । काभ्रे जिल्लामा नै अहिले सम्मकै ठुलो धनराशीको तीज फोटो प्रतियोगिता २०८० शुरु गर्न लागिएको हो ।

फोटो प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीहरुले पुरस्कार प्राप्त गर्ने छन्। प्रथम स्थान हाँसिल गर्ने बिजेताले १० हजारको साथै साडी प्राप्त गर्नुहुने छ भने द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले ८ हजार नगद र साडी प्राप्त गर्नुहुने छ साथै तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद र साडी प्राप्त गर्नुहुने छ। चौथो लाई नगद ४ हजार र पाँचौ लाई नगद २ हजार प्रदान गरिने नेपाली कांग्रेस काभ्रे सांस्कृति शाखा प्रमुख रामकृष्ण पोखरेलले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । साथै बिजेता प्रतियोगीहरुलाई प्रमाण पत्रले सम्मान गरिने बताउनु भयो ।

बिशेष गरि महिला दिदि बहिनिहरुको महान पर्व तीज भएकोले यस प्रकारको फोटो प्रतियोगिता राखिएको पोखरेलले बताउनु भयो ।नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज बाट तिज फोटो प्रतियोगिता २०८० गर्न लागिएको हो । पुरस्कार वितरण बनभोज कार्यक्रम गरि विभिन्न खेलहरु खेलाइ उत्कृष्टहरु लाई थप पुरस्कार प्रदान गरिने भएको छ ।

थप जानकारीको लागि नेपाली कांग्रेस काभ्रे संस्कृतिक शाखाले जारी गरेको नियम

सहभागिका लागि हार्दिक अनुरोध , राजनिति सेवाभावमा समर्पित हाम्रो अभियान नमस्कार जय नेपाल

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को पावन अवसरमा नेपालि कांग्रेस काभ्रे सांस्कृतिक शाखा द्वारा हामीहरुको कला संस्कृति र मैलिकतालाई जगेर्ना गर्ने उदेस्यले काभ्रे जिल्ला बासि सम्पुर्ण महिला दिदि बहिनि आमाहरु लाई तीज फोटो प्रतियोगिता भाद्र महिनाको १ गते देखि शुरु हुने जानकारी गरांउछौ !

फोटो प्रतियोगीतामा प्रथम,द्वितीय , चौथो, र पांचौ स्थान हाँसिल गर्ने प्रतियोगीहरुले पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ ।प्रथम स्थान हाँसिल गर्ने बिजेताले नगद रु १० हजार र साडि द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले ८ हजार नगद र साडि तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद र साडि चौथो ले ४ हजार पांचौ ले २ हजार नगद पुरस्कार पाउनुहुनेछ ! साथै सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण पत्रले सम्मान गरिने छ !

#सहभागी हुनका लागी तयार गरिएका केहि नियमहरु

१) सहभागि हुनको लागी पेज like गर्नुपर्ने साथै फोटो
प्रतियोगितामा काभ्रे जिल्लाका महिला दिदीबहिनीहरुले मात्र सहभागी जनाउँन सक्नुहुने छ।

२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।

३) फोटो साडी, कुर्था, लेंगा सहित हामीहरुको मौलिकता ,सांस्कृतिक झल्काउँने #तीजको (पोशाक) कपडामा हुनुपर्ने छ। (विदेशी, फेशननयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage BoX अथवा WhatsApp न 9843574039 नम्बर मा पुरा नाम थर ठेगाना खुलाइ उपलब्ध गराउनु पर्नेछ।

४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।

५) फोटो प्रतियोगितामा कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।

६) भोट तीजको अन्तिम दिन ऋषीपंचमिको १ दिन पछि दिंउसोको १२ बजे सम्म मात्र गर्न पाईनेछ र फोटो प्रतियोगिताको नतिजा ऋंषिपन्चमीको भोलि पल्ट घोषणा गरीनेछ।

७) प्रतियोगि सम्पुर्ण समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनुपर्ने छ ! ८)प्रतियोगी हरुलाइ थप आकर्षक पुरस्कार दिइने छ ! ९)पुरस्कार बितरण कार्यक्रम बनभोज गरेर गरिने भएकोले प्रतियोगी हरुले बनभोज कार्यक्रम को लागि रु १००० सहयोग गर्नु पर्ने छ ! बनभोज कार्यक्रम को लागि नगद दिन नसक्ने गरिब महिला दिदि बहिनि हरुलाइ निशुल्क सहभागि हुन सक्नुहुने छ ! १०)बनभोज कार्यक्रम मा बिभिन्न खेल खेलाइ अरु थप पुरस्कार दिइने छौ ! अन्य थप केहि पेजबाट आधिकारिक जानकारी गराउँने जानकारी गराउँदछौँ।धन्यवाद

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly