काभ्रेपलान्चोक – समुदायमा डेंगी संक्रमण बढ्ने जोखिम रहेको भन्दै समुदाय प्रहरी-साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपा र बनेपा नगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा डेगीं विरुद्धको अभियानमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । बनेपा नगरपालिका वडा नं. ९ मा डेगीं खोज र नष्ट गर’ अभियान तिव्र पारिएको हो । 

इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख रेशम बोहोरा लगायतको प्रहरी टोलि, बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नृपेश बादे सहित वडा सदस्यहरु र स्थानीयहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डेंगी सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा संचित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly