मध्यपुर ठिमी, भक्तपुर, एसईई परीक्षामा ४ जिपीए ल्याउने विद्यार्थीलाई विनायक शिक्षा निकेतन ई स्कूल, मध्यपुर ठिमी भक्तपुरले नगद १ लाख दिने भएको छ ।

एसईई परीक्षामा ४ जिपीए ल्याउने आफ्ना विद्यार्थीलाई विनायक शिक्षा निकेतन स्कूलले प्रोत्साहन स्वरुप नगद रुपैयाँ १ लाख दिने भएको हो । संस्कार युक्त गुणस्तरीय शिक्षाः विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै युग सुहाउँदो वैज्ञानिक, व्यवहारिक र प्रगतिशील शिक्षा दिइरहेको विनायक शिक्षा निकेतन स्कूलले इतिहास‌मा नयाँ धमका दिन सफल विद्यार्थीहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रममा सो जानकारी गरएको हो ।

 

शैक्षिक सत्र २०७९ को एसईई परीक्षामा विनायक शिक्षा निकेतन‌ले जम्मा ६१ जना विद्यार्थीहरु सहभागी गराउँदै ३५ जना A+, १९ जना A र ७ जना B+ गरी सत्‌ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउन सफल भएको हो । जसमा विनायककी मेघावी छात्रा कृतिका श्रेष्ठले GPA 4 तथा अन्य ३ जना विद्यार्थीहरू सुनश मगर , स्वस्तिका प्रजापति र सृष्ट्रिका प्रजापतिले GPA 3.95 तथा अन्य ३१ जना विद्यार्थीहरूले A+, १९ जना A र ७ जना B+ मा उत्तीर्ण गर्न सफल भएको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौैलाले जानकारी गराउनु भयो ।

 

वि सं २०५९ सालदेखि नै शैक्षिक क्षेत्रमा सफलताको तहल्का मच्चाइरहेको विनायक शिक्षा निकेतनले २०६४ सालको एसएलसी परीक्षामा ९३.६३% अड्क हासिल गर्दै सिल्भीया बज्राचार्य नेपाल प्रथम (B0ard First) हुन सफल भएकी थिइन भने २०७१ सालको एस्एलसी परीक्षामा ९२.५% अङ्क हासिल गर्दै भक्तपुर जिल्लाका टप १० विद्यार्थीहरूमध्ये ७ जना विनायककै विद्यार्थीहरु रहेका थिए । त्यति मात्र नभएर शैक्षिक सत्र २०७४ र ०७५ सालको एसईई परीक्षामा विनायककै विद्यार्थी रोजा श्रेष्ठ जिपीए ४ सहित भक्तपुर टप हुन सफल भएकी थिइन् ।

 

विद्यार्थीहरुको यस सफलतामा साथ दिनु हुने सम्पूर्ण शिक्षक शिक्षिका, विद्यार्थी वर्ग, अभिभावक वर्ग तथा शुभचिन्तकहरूलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उत्कृष्ट जिपीए ४ ल्याउने विद्यार्थीहरुलाई नगद रु १ लाख सहित सम्मान गर्ने परम्परा अनुसार मेधावी छात्रा कृतिका श्रेष्ठलाई रु १ लाखले सम्मान गर्ने घोषणा गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको अध्यक्षतामा सञ्चालित तथा अभिभावक दिलकृष्ण प्रजापति ,परामर्शदाता ढुण्डीराज गिरी अतिथी रहनु भएको कार्यक्रम तुल्सीहरि प्रजापति र शैलेन्द्र भट्टराईले सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly