बनेपा नगरपालिका वडा नं. ९ मा महिलाका लागि दुई तालिम

काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका वडा नं. ९ ले महिला लक्षित विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । महिलाहरुको लागि वडाले प्लास्टिकको फुल बनाउने र स्यानीटरि प्याड बनाउने तालिमको आयोजना गरेको हो ।


असार ५ गते बाट प्लास्टिकको फुल तथा बुके बनाउने तालिम प्रारम्भ भएको छ भने ६ गते बाट भने स्यानीटरि प्याड बनाउने तालिम प्रारम्भ गरिएको छ। दुवै तालिममा २०/२० जना महिलाहरुको सहभागीता रहेको वडा अध्यक्ष नृपेश बादेले जानकारी दिनु भयो ।     

बिज्ञापन

महिलाहरुका लागि दिने थुप्रै तालिमहरु भएता पनि वडाले सबै सँग बुझी सल्लाहा लिइ प्लास्टिकको फुल बुके र स्यानीटरि प्याड बनाउने तालिम भने अझै प्रभाबकारी हुने ठानेर यी तालिमहरुको सुरुवात गरेको वडा महिला सदस्य मनिषा तामाङले जानकारी गराउनु भयो । उक्त तालिम ५/५ दिन सम्म संचालन हुने छ।