काभ्रेपलान्चोक – नेपाली कांग्रेस तरुण विभाग निवर्तमान केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधले हिजो बनेपा नगरपालिका वडा नं. ५ निवासी क्यान्सर पीडित एक व्यक्तिलाई उपचारका लागि नगद रकम सहयोग गरेका छन् ।

बनेपा नगरपालिका वडा नं. ५ मा निवासी सुधीर बैधले आर्थिक अवस्था कमजोर भएका एक क्यान्सर पीडित लाई निको नहुन्जेल सम्म सम्पुर्ण सबै उपचार गरिदिने बताएका छन् । उनले आफ्नो व्यक्ति पैसाले सबै उपचार गरिदिने बताएका छन् ।

नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन। खुल्ला हृदय भएका उनी काभ्रे जिल्लाको एक उदाहरणीय ब्यक्ति हुन । रोगि, दीनदुखी , असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका बैध एक उद्दारवादी युवा नेता हुन् ।

हिजो बिहीवार बेलुका नेपाली कांग्रेस बनेपा वडा नं. ८ को वडा सभापति बुद्धशरण मानन्धर, नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमिति उपसभापति बिजेन रंजित, नेपाल तरुण दल बनेपा नगर सभापति विवेक बैजु, नेपाल ट्रेड युनियन कांग्रेस काभ्रे बनेपा नगर सभापति संगम थापा, लगायत व्यक्तिहरुको उपस्थितिमा उक्त सहयोग गर्ने क्यान्सर पीडित लाई बताएका छन् ।

पीडित उक्त ब्यक्तिको बनेपा शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । आर्थिक स्थिति कमजोर भएका क्यान्सर पीडितको उपचारका लागि पीडित परिवारले सहयोगी दाताहरुलाई सहयोग जुटाइदिनुहुन समेत आग्रह गरेका थिए । 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly