काठमाडौं । गायिका शीतल शर्मा गायन रियालिटी शो ‘मेरो भ्वाइस कप युएसए सिजन २’ को टप १० मा पुगेकी छन् । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भइरहेको शोको टप १० मा पुगेकी हुन् ।

उनले आफूलाई शो को विजेता बनाउन अपिल गरेकी छन् । इन्ट्रा फाउन्डेशन एप डाउनलोड गरी मेरो भ्वाइस कप सिजन टु मा गएर उनलाई भोट दिन सकिने छ । अमेरिका बस्दै आएकी शर्मा उक्त शो का लागि जुन ६ मा नेपाल आएकी हुन् ।

इन्ट्रा फाउन्डेसन र नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट १२ प्रतिष्पर्धी नेपाल आएका थिए । उनी विगत लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशील छिन् । यसअघि उनले केही गीत गाइसकेकी छन् । अमेरिकामा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिँदै आइरहेकी छन् ।

शो को फाइनल भने अमेरिकामा हुनेछ । त्यसका लागि शर्मा अगस्टमा अमेरिका फर्किदैछन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly