खानिखोला काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा नः १ दयागाउँमा जग्गाको निस्सा, वृद्ध भत्ता, छाता र लौरो वितरण गरेका छन् ।
मगलबार गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथ्यतामा जेष्ठ नागारिक, एकल,विद्युवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो वितरण र सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासी ,भुमिहिन,दलित ,अव्यवस्थितहरुलाई निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरु जेष्ठ नागारिक ,एकल ,विद्यवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो बितरण गरेका छन् । जम्मा वृद्ध, एकल, विद्युवा, पुर्ण अपाङ्गगता गरी १७३ जना रहेकोमा १०३ जना वृद्ध आमा, बुवालाई आज छाता र लौरो वितरण गर्नुका साथै वडामा अव्यवस्थित सुकुम्बासी हरुको पहिचान गरी ६ जनालाई जग्गाको निस्सा वितरण गरेका छन् । जसमा केही आमा, वुवाले वृद्ध भत्ता ५० हजार सम्म रकम बुझेको पाएको छ ।

जेष्ठ नागरिक आमा, बुवाको लागि भेट्घाटसंगै वडामा धेरै मेहेनत र संघर्ष गरी सम्पुर्ण वडाबासीहरुमा खुसीसंगै वृद्ध आमा, वुवा, आपाङ्ग, विधुवाहरुका लागि वृद्ध भत्ता लिएर आएको र मौसम अनुसार वृद्ध आमा, वुवाका लागि छाता, लौरो लिएर वडामा खुसी साट्न आएको अध्यक्ष इन्द्र बहादुर थिङ्ले बताए ।

निर्वाचित भएको देखि नै जनताको काम गर्ने क्रममा सिस्टमको समस्यले गर्दा वृद्ध भत्ता ढिला भएतापनि जनताको घर र वडा बाटै सेवा दिनकालागी पालिका सरकार उपस्थित भएको उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए ।

वडा अध्यक्ष सन्त बहादुर थिङले वडाबाटै वृद्ध भत्ताको सेवा दिन पाउँदा धेरै खुसी भएको खुसी व्यक्त गर्दै आफू निर्वाचित भए लगत्तै जनताको समस्य र मतको कदर गर्दै जनताको सेवा लगेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) उपाध्यक्ष दोर्जेमान जिम्बा, वडा अध्यक्ष सन्त बहादुर थिङ, पञ्जिकरण शाखा प्रमुख खगेन्द्र खुलाल, अमिन मोहन विक, एस वि आइ बैंकका प्रमुख बिनय अधिकारी , स्थानीय बुद्धिजीवी समाजसेवी जनप्रतिनिधि लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन वडा सचीव खकेन्द्र थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..