मोतीराम तिमल्सिना
जातीय विभेद अन्त्यका लागि प्राज्ञिक वर्गको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज कमिटीको आयोजनामा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

जातीय विभेदको मुल जरो समाजको चेतना रहेको बताउँदै पुर्व राजदुत डा. निर्मल कुमार विश्वकर्माले कानुनमा भएका व्यवस्था मार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसहरूलाई बुझाउने अभियानमा कृयाशिल हुनु पर्ने बताउनु भयो । जातीय विभेद अन्त्यका लागि राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत जनजागरण ल्याउन सक्रिय हुनु पर्ने डा. निर्मल कुमार शर्माले बताउनभयो । 

कार्यक्रममा नेपाल उत्पिडित जातिय मुक्ति समाजकी केन्द्रिय उपाध्यक्ष मैया अच्छामीले दलित समुदाय भित्र भएको विभेद पनि अन्त्य गरिनु पर्ने बताउनु भयो । दलित समुदायले दलित समुदायलाई नै गरिने विभेद पनि न्यूनिकरण गरे मात्रै अन्य समुदायबाट हुने विभेद अन्त्य गर्न सहज हुने उहाँले बताउनु भयो ।

जिल्ला अध्यक्ष तेज नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले अध्यक्ष अशोक ब्याञ्जुले नेकपा एमाले नेतृत्वको सरकारले जातिय विभेद अन्त्यका लागि जनमुखि कार्य गरेको बताउनु भयो । दलितका बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता, शिक्षाका लागि सहयोग, जेष्ठ नागरिकहरुलाई ६० वर्षमै पेन्सन तथा सामाजिक चेतनाका लागि हरेक क्षेत्रमा समान सहभागिता लगायतका कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य अधिबक्ता हरिशरण दाहालले जातीय विभेद हुँदा हुने कारवाही, भएका अभ्यास र सचेतनाका लागि खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राख्नु भएको थियो । सहभागिहरुले कानूनी विषय, ब्यवहारमा भएका अभ्यास र आगामी दिनमा पार्टीले खेल्नु पर्ने भूमिका बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रिय स्थायी कमिटी सदस्य सागर मिजार, एमाले काभ्रे सचिवालय सदस्य तथा बुद्धिजीवि परिषद्का इन्चार्ज प्रकाश रोक्का, नेपाल उत्पिडित जातीय मुक्ति समाजकी गिता सुनार लगायतले जातिय विभेद अन्त्यका लागि सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनु भएको थियो । – नेपाल समाचार पत्र बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..