काभ्रेपलान्चोक – कोरोना भाइरस संक्रमण पछि नेपाली गित संगित क्षेत्र निकै चलाय मान भएको छ । कोरोना भाइरसले रोकिएको मेला महोत्सव सुचारु भएको छ । आज भोली मेला महोत्सवको कारण कलाकारहरु लाई भ्याइ नभ्याई छ । यो संग संगै पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा पनि निकै बिकृती फैलिएको छ । पैसा कै कारण कला नभएका पनि यस क्षेत्रमा आउँदा वास्तविक कला भएका कलाकारहरु पछाडि परेका छन् । यती बेला सामाजिक संजाल टिकटकले गर्दा पनि नयाँ नयाँ कलाकार आउने क्रम जारी छ । नयाँ नयाँ कला नभएकाहरु यस क्षेत्रमा आउदै गर्दा कला निकै भएका पुराना कलाकारहरु यति बेला ओझेलमा परेका छन् । यस क्षेत्रमा पनि सामाजिक संजाल टिकटक ठूलो प्रभाव परेको देख्न सकिन्छ । टिकटकको कारणले गर्दा नै कलाकारिता क्षेत्रमा धेरै बिकृती फैलिएको छ । आज भन्दा तिस चालीस वर्ष अगाडीका गित पनि आज सम्म सदावहार रुपमा सूनिन्छन । तर अहिलेका गितहरु दुई महिना टिक्न गा¥हो छ । आज भन्दा १० वर्ष भन्दा अगाडि आएको गित मुटु माग्यौ तिमिले, पिरतिले खेल खेल्यो, माया अन्तै सार आज सम्म पनि सदावहार सुनिन्छ्न ।

 

तिनै चर्चित गितका मोडल हुन् काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ३ मा जन्मनु भएको शिवहरी दाहाल । कलाकारिता क्षेत्रमा शिवहरी दाहाल एक सुपरिचित नाम हो । मोडलिङ क्षेत्रमा आज भन्दा १०, १२ वर्ष अगाडि एक छत्र जामायर बस्नु भएको थियो । उहाँका गित कमै मात्र ब्यक्तिले नसुन्नेका होलान् । दाहाल मोडलिङ गर्ने मात्रै होइन गित लेख्न र संगित भर्न पनि निकै खप्पिस छन् । दश वर्ष अगाडि उहाँका गित बजारमा सर्वत्र सुनिने गरिन्थो । एक समयको चर्चित मोडल भन्दा अहिले मानिसहरु लाई पत्याउन गा¥हो छ । हुन पनि हो उहाँलाई जो कोहिले मोडलिङ गरेको गित नदेखाइ पत्याउने गरेका छैन् । हेर्दा चिटिक्क परेको ज्यान, हसिलो मुहार, सरल स्वभाव, सबै सँग मिलनसार, आफुमा चर्चित कलाकार भएर पनि कुनै घमण्ड नभएको कारणले पनि गर्दा होला विश्वास कम भएको । आज भोलि कलाकारहरुमा निकै घमण्ड बढेको देखिन्छ । चलेका कलाकारहरु त राम्रो सँग बोल्दा पनि बोल्दैन्न । उनै चर्चित मोडल दाहाल सबै कलाकार भन्दा फरक छन् । सबै सँग मिलनसार हासेर बोल्ने कोहि कसैलाई नराम्रो नगर्न आफू चर्चित कलाकार भएर पनि नभएको जस्तो व्यवहार गर्ने कारणले पत्याउदैन्न । उहाँले अभिनय गरेको गित देख्दा सबै मानिस छक्क पर्ने गरेका छन् । यो तपाईं पो हो ? मैले त नचिनेको, नाम त निकै सुने गरेको थिए भन्ने गरेका छन् ।

माया अन्तै सार, मुटु माग्यौ तिमिले मैले बाच्नु पर्छ, पिरतिले खेल खेल्यो मेरो जिन्दगीमा, मेरो मनमा आगो ल्याउनेको, गोर्खाको बजारमा, डोलि चढि रमाउदै, रेल आउने कुरा, हासिरहनु सधै, चिसो चिसो, आशु नझार प्रिय लगायत दुई सय भन्दा बढि गितमा अभिनय गरिसकेको देख्न सकिन्छ । गितमा अभिनय मात्रै नभइ आफैंले गित लेख्ने, संगित भर्नेुको साथै थुप्रै एल्बम समेत बजारमा सार्वजनिक गरिसक्नु भएको छ । केही वर्ष गित संगित बाट टाढा भए पनि पछिल्लो समय उहाँले अभिनय गरेको गित बजारमा आउने क्रम जारी छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द गौतमले उनै चर्चित मोडल शिवहरी दाहालसँग गरेको रमाइलो कुराकानी 


० एक्कासी गित संगित बाट टाढा जानू भएको हो ?
पक्कै पनि होइन यो तपाईंहरुको बुझाइ गलत हो । म गित संगित बाट कहिले टाढा जना सक्दिन । बिचमा केही वर्ष म आफ्नै घरायसी काममा व्यस्त भएको हो । त्यसबेला पनि गित संगितमा नै थिए । तर पहिला जस्तो त्यति धेरै चलायमान चाहिँ पक्कै पनि नभएको हो । पछिल्लो समय गित संगितको साथ साथै घरायसी काममा पनि समय दिनु पर्ने भएकाले कम देखियको जस्तो भएको हो । सबै दर्शक श्रोताहरु लाई म यस क्षेत्रमा नै छु भन्न चाहान्छु ।

० एक समयमा त तपाईंको गित निकै सुनिन्थो ? अहिले ?
आज भन्दा केही वर्ष अगाडि मैले अभिनय गरेको गित अरु भन्दा धेरै नै थिए । तर पहिला सुनिन्थो अहिले सुनिदैन भन्नू चाहिँ गलत हो । पहिला मैले धेरै गितमा अभिनय गरेको थिए । कुनै गितले त्यो बेलामा राम्रो नै बजार तताय भने केही गित अहिले सम्म पनि उतिकै सुनिन्छ । पहिला प्राय सबै गितमा मेरो मात्रै अभिनय हुने गरेको थियो भने अहिले नयाँ नयाँ कलाकार आएका छन् उनिहरुले पनि गरेका छन् । त्यो कारणले तपाईंले कम देख्नु भएको हो । तर ती पहिला गरेका गित पनि आज समाजिक संजालमा हेर्ने हो भने निकै लोकप्रिय भएका छन् । तर अहिलेका गित क्षेणीक सुनिने गरेका छन् । त्यस पछि हराउदै जान्छन् तर पहिलेका ती मैले अभिनय गरेका गित पिरतिले खेल खेल्यो, मुटु माग्यौ तिमिले, माया अन्तै सार आज सम्म पनि हेर्नुस् उतिकै सुनिन्छ्न ।

० पहिलोपटक म्युजिक भिडियोमा अभिनय गर्दाको अनुभव कस्तो रहृयो ?
मैले म्युजिक भिडियोमा अभिनय सुरु गरेको एक दशक बढी समय बितिसके छ । करिब १२ वर्ष अघि सुरुमै नायिका मेलिना मानन्धर, विनिता बराल, केकि अधिकारी, नन्दिता केसी, अनु शाह, रिमा विश्वकर्मा लगायत नायिकाहरुसँग अभिनय गरेको थिए । अनिल सिहको स्वरमा रहेको ‘हासी रह्नु सधै तिमि….’ बोलको गीतको भिडियो औपचारिक अभिनय यात्राको पहिलो म्युजिक भिडियो हो । त्यसपछि अनवरत अभिनय यात्रामै छु । पहिलोपटक अभिनय गर्दा निकै रमाइलो पनि भएको थियो ।

० आफ्नो अभिनयबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु । सबैको माया र साथ पाएको छु । तर, अझै गर्न र सिक्न धेरै बाँकी छ भन्ने लाग्छ ।

० यस क्षेत्रबाट केही विशेष उपलब्धि हासिल गर्नुभएको छ कि मनोरञ्जनका लागि मात्र हो ?
यो क्षेत्र विशेषगरी मेरो रुचिको विषय हो । मेरो इच्छा चाहाना भएको कारणले गर्दा नै म अहिलेसम्म यो क्षेत्रमा अनवरत रुपामा लागि रहेको छु । सबैभन्दा ठुलो कुरो आत्मा सन्तुष्टि हो । धन अलि कम कमाइयो होला तर खुसी धेरै कमाएको छु । अनुहार देश तथा विदेशमा सुपरिचित भएको देख्न पाउँदा जुन आनन्द प्राप्त गर्दछु । सायद त्यसलाई स्वर्गिय आनन्द भनिन्छ होला । यो सबै मैले गित संगितमा लागेर नै प्राप्त गरेको हुँ ।

० पहिलोपल्ट क्यामरा फेस गर्दा कस्तो लाग्यो नि ?
मलाई त खासै अप्ठ्यारो लागेन । सुरुमा नै मेरै शब्द संगितमा रहेको हासी रहनु बोलको गितमा अभिनय गरेको थिए त्यस पछि माया अन्तै सार बोलको गितमा सिम्पल खनाल सँग अभिनय गरेको थिए । रमाइलो नै लाग्यो खासै अप्ठ्यारो भएन । अलि स्वतन्त्र भएर काम गर्न पाए सबै काम सजिलो लाग्छ । यसका लागि टिम भने गतिलो चाहिन्छ । सुरुसुरुको बेलामा भने लाइट आँखामा परेर तनाव हुन्थ्यो पछि बानि पर्यो ।

० पछिल्लो समयमा गीत संगीतमा विकृति भित्रीनुको कारण के होला ?
गीत संगीतमा विकृति भित्रीनुको कारण मुख्य रुपमा हामीले मौलिक सस्कृति भल्किने किसिमको गीतहरुलाई सरक्षण एवम कला र कृतिहरुलाई जर्गेना नगुर्नु नै हो जस्तो लाग्छ । हामीले अरुको देखासिखीको कारणबाट समाजमा विकृति भित्रने गित संगित मात्रै रचना गरिरहेका छौ । यस्तो नगर्न सबै लाई अनुरोध पनि गर्ने चाहन्छु । हामीले गित संगित बाट नै देश परिवर्तन गर्नु छ ।

० देशको राजनीतिक अवस्था कस्तो लाग्छ ? राजनीतिप्रति यहाँको धारणा के छ ?
मलाई घृणा छ । भ्रष्टाचार छ । आफ्नो पेट भरेर जनतालाई भोकै राख्ने काम नेताहरूबाट भएको छ । भाषण दिने मात्रै हाम्रा लागि हो । जो आए पनि देश परिवर्तन भएन ।

 

० आगामी योजना ?
मेरो आगामी योजना गीत संगीतमा नै रहने रहेकोे छ । भविष्यमा निरन्तर रुपमा यस्तै प्रकारका गीत संगीत आम नेपाली दर्शक तथा स्रोताको मन तथा मस्तिष्कमा बस्ने गीत संगीत बजारमा ल्याउने छु भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..