बनेपा – काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सहकारीहरुमा कार्यरत मेनेजरहरुको संस्थाको रुपमा कोअपरेटिभ मेनेजर्स क्लब दर्ता भई तदर्थ समिति गठन गरिएको छ ।
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेक राज ठकुरीको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो । जसको उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाद दाहाल सचिवमा आर्थिक विकास मित्र साकोसका प्रबन्धक ठाकुरनाथ अधिकारी, कोषाध्यक्षमा आयाम साकोसका प्रमुख कार्यकारी अधिकृत सविना पन्त रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा आभाष साकोसका प्रमुख प्रबन्धक सुवास बैद्य, महिला आधारशिला साकोसका व्यवस्थापक यशोदा बोगटी, एक्सप्रेस साकोसका प्रमुख कार्यकारी अधिकृत अरुण थापा, लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाथी र पञ्चकुमारी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक गंगा दाहाल रहनुभएको छ ।
सहकारीको संस्थागत विकास, सुशासन र व्यवसायिकरणका लागि संगठीत संस्थाको परिकल्पनासहित भदौ २ गते जिल्ला प्रशासन कार्यालयमा क्लब दर्ता भएको तदर्थ समितिका अध्यक्ष बिबेक राज ठकुरीले जानकारी दिनुभयो ।
सहकारी अभियानका विषयहरुमा बहस, पैरवी गर्ने कार्यका लागि विषयविज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पु¥याउने, विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारी संस्थामा एकरुपता कायम गर्ने, सहकारीका ब्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने लगायतको उद्देश्य क्लबको रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..