वातावरण मैत्री समाज भनेको के हो, यसको स्थपाना कहिले भएको हो र यसको उदेश्य के हो बताई दिनुस् न ?
– वातावरण मैत्री समाज भनेको एउटा त नामले नै धेरै कुराहरुको पुष्टि गरेको छ । वातावरणलाई मैत्रि कसरी राख्ने वातावरण मैत्री समाजको परिकल्पनालाई कसरी साकार गर्ने भन्ने उदेश्यले अगाडी बढेको यो संस्था भएको कारण नै यसको नाम वातावरण मैत्री समाज भएको हो । यसको स्थापना २०७५ सालमा भएको थियो र यसले वातावरणलाइ एक दम स्वचछ सफार हराभरा गर्ने र सामाजिक कार्यहरु समेत गर्ने उदेश्य लिएको छ ।

वातावरण संग सम्बन्धित मात्रै कार्य गर्छ की ? यो भन्दा बहिर पनि यसले काम गर्छ ?
– वातावरण मैत्री समाज यसको नाम भएता पनि यसको प्रमुख उदेश्य वातावरणसंग सम्बन्धित हुन्छ नै तर यसले आफ्नो अन्य कार्ययोजना अन्तर्गत विभिन्न किसमका सामाजिककार्यहरु समेत गर्दै आईरहेको छ ।

जस्तो वातावरण भन्नाले रुख विरुवा रोप्ने जोगाउने अर्थात वातावरणीय श्रोतहरु परिचालन गर्ने कार्य पर्दछन् हैन ?
– वातावरणको हिसावले हेर्दा हरेक शनिबार सरसफाई कार्यक्रमहरु संचालन गर्ने गर्दछौं र बृक्षारोपणको कार्य पनि हाम्रो प्रमुख उदेश्यमा पर्ने गर्दछ । बैज्ञानीक तवरले हेर्दा पनि जिवनमा एकजना व्यक्तिलाई पाँच ओटा रुखको आवश्यकता पर्दछ जिवन कालमा भन्छ र त्यसैले हामी विरुवा रोप्ने कार्यमा प्रमुख रुपमा ध्यान दिने गर्दछौं ।

हरेक मान्छेले म समाजसेवी हुँ भन्छ तपाईको विचारमा समाजसेवी बन्न अथवा समाजसेवा गर्न कत्तिको सहछ छ ?
– सबैभन्दा पहिला त कार्यमा हिड्नु नै गाह्रो र त्यस माथी झन सामाजिक कार्य त निकै कठीन कुराहो तर आफुलाई कार्य गर्न मै तल्लिन राख्यो भने विस्तारै समाज सेवामा आफुलाई ढाल्दै लग्यो भने सहज हुदै जान्छ अथवा भनौ बानी पर्दै जान्छ र समाज सेवा गर्न सजिलो हुन्छ र काम गर्ने वातावरण सहज बनाउदै जान्छ ।

यहाँलाई कस्तो भएको छ ?
-अहिलेको परिस्थीतमा मलाई केही सहजीकरण भईरहेको छ ।

हरेक मान्छे सन्तुष्ट नभएर त समाजसेवा गर्दैनन् होला  , तपाई समाजसेवामा लागेर कत्तिको सन्तुष्ट हुनुहन्छ ?
– यो सामाजिक कार्यमा सन्तुष्ट हुने भन्दा पनि मेरो अनुभवले भन्दा पनि पहिला हामीले सामाजिक वातावरण छ कि छैन अथवा म सामाजिक कार्य गर्न सक्छु की सक्दिन भन्ने कुराको वातावरणमा उसले सामाजिक कार्यहरु गर्न सक्दैन र उसले त्यो कार्यमा हिड्नु नै उसका लागि ठुलो कुरा हुने गर्दछ । यदि आफु भित्र पनि सामाजिक कार्य गर्ने वातावरण छ भने उसले सहज रुपमा काम गर्न सक्छ ।

तपाई व्यक्तिगत हिसावले भन्नु पर्दा सन्तुष्ट हुनुहन्छ ?
– व्यक्तिगत हिसावले भन्दा मेरो आचरण नै सामाजिक कार्य गर्ने रहेका कारण म पहिला देखिनै सन्तुष्ट नै छु ।

समाजसेवा गर्दा पारिवारिक सहयोग पनि चाहिन्छ, तपाईलाई कस्तो छ ?
– सामाजिक काम चै पहिले देखि गरिसकेको भएर अव भन्नु पर्दा अहिले त म सन्तुष्ट छु तर पहिले म सन्तुष्ट थिईन । अव पहिले सुरु सुरुमा कत्ति दिने र सहयोग गर्ने काम मा मात्रै हिंडिराख्छ भन्ने कुराहरु पनि आउने गर्दर्थे । यी विचारहरुले गर्दा सामाजिक वातावरणलाई समेत प्रभाव पार्ने रहेछ र यसले गर्दा केही असन्तुष्ट र दुःखहरु हुन्थे । पछि विस्तारै विस्तारै सबैले बुझदै गए यसको आचरण यस्तै हो बानी र व्यवहार यस्तै हो निरन्तर यसैमा लागिरहेको छ, अव यसलाई असहज भन्दापनि काम गर्ने वातावरण बनाई दिनु पर्छ भन्ने सोचेर केही सहज बनाई दिए पछि यसले सहज रुपमा काम गर्छ भनेर सहयोग गरिसके पछि वातावरण सहज हुदै जान्छ ।

समाजसेवामा लाग्नको लागि आर्थिक सहयोग त चाहिन्छ नै, कहाँबाट जुटाउनु हुन्छ अथवा भनौ न तपाईको आय श्रोतको पाटो के हो ?
– आयश्रोतको विषय सबै भन्दा गाह्रो विषय हो र सम्बन्धलाई कसरी सुधार्ने भन्ने कुरा पनि आर्थिकसंगै जोडिएको हुन्छ । आर्थिक पक्षलाई संगालेर राख्नु भनेको सबै भन्दा ठुलो जिम्मेवारी जस्तो हुंदोरहेछ । आर्थिकको लागि सामाजिक क्षेत्रमा हिड्न साह्रै गाह्रो हुँदो रहेछ । हामी सामाजिक क्षेत्रमा कामगर्ने मान्छे हरु कुनै न कुनै तरिकाहरु अपनाएका हुन्छौं यो काम यसरी गर्ने पर्छ र समाजलाई हामीले यो कुरा यसरी दिनु पर्छ भन्ने ठाने पछि हामी जम्मा भएर आफ्नो क्षमता अनुसार आफ्नै खल्तीबाट निकाल्ने गर्दछौं तर त्यत्तिले मात्रै संम्भव नभएमा हामी आफ्ना केही प्रस्तावहरुलाई लिएर वडा तथा नगरहरुमा जान्छौं र सहयोगका हातहरु फैलाउछौं । त्यहाँबाट भएको सहयोगलाई लिएर पनि हामी सामाजिक कार्यहरुलाई अगाडी बढाउछौं ।

त्यो त भयो समाज सेवाको पाटो यहाँको व्यक्तिगत आयश्रोतको पाटो के हो ?
– मेरो व्यक्तिगत आयश्रोतको पाटो भनेको मेरो आफ्नै व्यवसाय छ । सानो छ व्यवसाय, तर म समाज सेवाको लागि आफ्नो तर्फवाट आफुले सहयोग गर्नु परेको अवस्थामा परेको रकम सहयोग गर्न सक्ने हैसियत वनाएको छु । यसर्थ मेरो व्यवसायले मलाई समाजसेवा गर्नको लागी मद्धत पुर्याएकैछ ।

कहिलेकाँही मान्छेलाई लाग्छ नी मैले यो काम बेकारमा गरेछु, तपाईलाई समाजसेवामा लागेर गल्ती गरेछु भन्ने लागेन ?
– सुरु सुरुमा सामाजिक कार्यमा गहिरिएर एकदम पर सम्मको लक्ष लिएर हिड्दा खेरी बाटोमा धेरै तनावहरु आउने रहे छन् त्यो बेला यत्ति सम्मकी बेकारमा मैले यो क्षेत्रमा हात हालेछु भन्ने पनि हुँदोरहेछ । तर अव विच बाटोमा पुगी सके पछि फर्कनु कसरी ? वा नफर्कनु यत्ति गाह्रो छ भन्ने विषयले साह्रै विचलीत भँईदो पनि रहेछ । अव त्यो विचबाटोमा उभिसके पछि कुन धार समात्ने भन्ने कुरा, फर्कने वा अगाडी बढ्ने भन्ने कुरालाई समयले निर्धारण गर्दोरहेछ । अर्को कुरा त्यो मजधारमा उभिएको बेला कसैले यदि मुस्कान दियो, धाप मारि दियो अथवा भनौ केही उत्प्रेरित गर्यो भने पनि अगाडी बढ्नको लागी सजीलो हँुदोरहेछ । मेरो कुरा गर्दा मेरोलागी पनि यहि कुरा भयो म यस क्षेत्रमा निरन्तर अगाडी बढीनै रहें , यसकै ज्वलन्त उदाहरण हो वातावरण मैत्री समाज । र म यसवाट अर्थात समाजसेवाको कार्यवाट सन्तुष्ट छु ।
अहिले बजारमा धेरै खेताला समाजसेवीहरु भएका छन् भन्ने हल्ला छ ? पैसा दिने एउटा पैसा, उठाउने एउटा र समाजसेवी बन्ने एउटा ! यस्तो किसिमले खेताला समाज सेवीको विगविगी बढ्यो भन्छ, के यसले गर्दा सांच्चिकै समाजसेवा गर्ने मान्छेहरु ओझेलमा परेका हुन त ?
– मैले पनि त्यस्तै सुनेको छु, अव जो एकदम गहिरिएर अथवा मिहेनतका साथ समाजसेवामा लागेको हुन्छ त्यसको प्रतिफल कहिले चाँडो आउँछ कहिले ढिलो आउँछ र यसको आश गर्नै मिल्दैन कुनै ठाउँमा चाँडो प्रतिफल आउँछ भने कुनै ठाउँमा ढिलो आउँछ । समाज सेवा भनेको एकदम विसुद्ध समाजिक कार्य हो यो आत्मसंग जोडिएको हुन्छ जो निरन्तर लागि रहन्छन् तिनीहरु निरन्तर चलिरहन्छन् र यसमा खेतालाको कुरै छैन । खेताला भनिएका समाजसेवी उनिहरु एक तरंगको रुपमा मात्रै हुन्छन् एकछिन आउँछन् र जान्छन् । तर निरन्तर लागिरहे व्यक्तिहरु सदावहार हुन । समाज सेवामा लागि रहेको व्यक्तिहरु हामीलाई पनि ध्यान दिन्छन् है भन्ने हिसावले काम गर्दै जान्छन्, निरन्तर काम गर्दै जानेहरुको लागी भने प्रतिफल केही ढिला आउला तर खहरे झै एकैचोटी हाईलाईटमा आउने खेताला समाजसेवीहरु चाँडै हराएर पनि जान्छन् । समाजसेवा सकभर त्यसरी नगरकै राम्रो ।

समाजसेवा के रहेछ ? समग्र जिन्दगी के रहेछ त?
– यो अत्यन्तै गहिरो प्रश्न हो । सम्पुर्ण जिवन के रहेछ भन्दा आफ्नो कथा भएको प्राणीले मलाई के लक्ष्य र उदेश्यले यो प्राण अथवा जिवन दिएको हो भन्ने विषयमा खोज गर्नु पर्दछ र यो खोजी सकेपछि मात्रै उसले आफ्नो उदेश्य पाउँछ त्यो उदेश्य जिवनको विषयमा पनि हुन सक्छ अथवा अन्य कुनै पनि विषयमा हुन सक्छ र यसै विषयमा समाजसेवालई जोड्दा समाजसेवा भनेको आत्मैबाट स्वेच्छाले सहयोग गर्ने चाहाना नै समाजसेवा हो अथवा भनौ आफुले देखेको चिजबस्तुलाई मन भित्रैबाट महसुस गर्छ र त्यस ठाउँ परिवेशमा अव एउटा व्यक्तिले स्वयम् आफै उभिएको देख्छ अथवा देख्न खोज्छ भने उसले त्यसै प्रति काम गर्ने सकारात्मक सोचले समाजसेवा तर्फ उत्प्रेरित गर्ने गर्दछ र त्यो उत्प्रेरित गर्ने भावलाइ नै समाजसेवा भनिन्छ जस्तो लाग्छ । जता भए पनि जसरी भए पनि जे भए पनि हामी सबैले एक शुन्दर जिवन पाएका छौं र हामीलाई दिएको जिवनले हाम्रो समाजलाइ सहि दिशातर्फ लैजान सक्यौ भने मात्रै हाम्रो जीवनको सार्थकता भेटिन्छ र सुन्दर समाजको निर्माण गर्नसक्छौं ।