काभ्रेपलाञ्चोक – नेपालमा भएको २०७४ को स्थानीय स्तरको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधि मध्ये केहीले राम्रो कार्य समेत गर्न सफल भए भने कत्तिले तलव भत्ता मात्र लिए । फेरि पनि २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन आयो । यस निर्वाचनमा कति नयाँ जनप्रतिनिधिहरु आएका छन् त कति पुरानै । एक कार्यकाल पुरा गरिसकेका व्यक्ति पनि निर्वाचित भएका छन् । एक कार्यकाल सकिसकेका व्यक्ति फेरि पनि निर्वाचित हुनु भनेको जनप्रतिनिधि जनताको मनमा बस्न सफल हुनु हो । यसको एक उदाहरण हुनुहुन्छ काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. ७ फँलाटेका वडा अध्यक्ष रमेशराज खरेल । आफ्नो टोल, समाजमा आइपर्ने हरेक दुःख, पीडामा सारथि बनिरहने खरेललाई जनप्रतिनिधिको रूपमा पाउँदा वडा वासी नागरिकहरु हर्षित छन् । लगनशील, हँसिलो र सरल स्वभावका अध्यक्ष खरेलले विपद् व्यवस्थापन, कोरोना संक्रमण नियन्त्रण तथा समानुपातिक विकासमा सक्षम भूमिका निर्वाह गरेको देख्न सकिन्छ । खरेल जस्ता सक्षम युवाले मात्र नागरिकहरुको आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरण एवम् पर्यावरणीय हितलाई ध्यानमा राखेर कर्म गर्न सक्छन् । अध्यक्ष खरेलले फँलाटेका लागि वास्तवमै उल्लेखनीय काम गर्नु भएको छ भने यस्ता जनप्रतिनिधि देशकै उदाहरण बन्ने गरेका छन् । एक असल जनप्रेमी जनप्रतिनिधि हुन त्यति सजिलो छैन । उहाँ के रात, के दिन, के विदा, के शनिबार जस्तोसुकै परिस्थितिमा पनि वडावासीका घरघरमा पुगेर सेवा दिनु हुन्छ । त्यतिमात्र होइन वडाभित्र रहेका असक्त, अपाङ्ग, बाल, बृद्ध सबैको मनमा बस्न सफल उहाँ कुनै पनि सवारी साधन प्रयोग नै नगरी टोलटोल, घरघरमा पुगेर उहाँहरुको समस्या समाधान गर्न सधैँ तल्लिन हुनुहुन्छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले उनै वडा अध्यक्ष रमेशराज खरेलसँग गरेको समसामयिक कुराकानि

 

० तपाईको वडामा शिक्षाको अवस्था कस्तो छ ?
मेरो वडा फँलाटे पूर्ण साक्षर वडा समेत घोषणा भइसकेको छ । हाल पठनपाठनका लागि वडाभित्र आधारभूत प्रा.वि. भुम्लेबेसी, पातलेश्वर प्रा.वि. क्यामुने चौर र २००८ सालमा स्थापना भएको यस ऐतिहासिक विद्यालय श्री शारदा मा.वि.काभ्रे जिल्लाकै तेस्रो मा.वि.को रुपमा गणना हुन्छ, शारदा मा.वि.ले डाक्टर, पाइलट, इन्जिनियर, सचिव लगायत उच्च पदका राष्ट्रका कर्मचारी समेत उत्पादन गरिसकेको छ । २००८ सालमा स्थापना भएर २०१६ सालमै मा.वि.बनेको विद्यालयले अनवरत रुपमा शिक्षा प्रदान गर्दै आएको छ । यस श्री शारदा मा.वि.आजको प्रविधिको युगको परिवर्तनसँगै पूर्णरुपमा प्रविधिमैत्री बनिसकेको छ । यहाँ आइसिटी ल्याव, साइन्स ल्याव, कम्प्युटर ल्यावद्वारा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न सक्षम हुनुका साथै विभिन्न अतिरिक्त क्रियाकलाप समेत यस विद्यालयले गर्दै आएको छ । साथै वडाले माझी वस्तीमा बालशिक्षा कार्यक्रम समेत ल्याई शैक्षिक क्षेत्रलाई सशक्त बनाएको छ ।

० तपाईको वडामा स्वास्थ्यको अवस्था कस्तो छ स्वास्थ्य सेवासुबिधा बाट वडा बासी बन्चित भएका छन् कि छैन्न् ?
यस वडामा १० बेडको भुम्लु आधारभूत अस्पताल, फँलाटे स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । कोभिड १९ को समयमा उच्च स्वास्थ्य मापदण्ड अपनाई अक्सिजन जस्ता उपकरणको प्रयोगदेखि उचित क्वारेन्टाइनको व्यवस्था गरी उल्लेखनीय कार्य गरेको यस भुम्लु आधारभूत अस्पतालले छिटो र गुणस्तरीय उपचार सेवा दिनुका साथै जटिल खालका विरामीलाई आफ्नो एम्बुलेन्स मार्पmत धुलिखेल, काठमाडौँ लगायत अस्पतालमा रिफर गर्ने गरेको छ । वडाभित्र रहेको फँलाटे स्वास्थ्य चौकीले स्वास्थ्य चौकीसम्म आउन नसक्ने तथा जटिल खालका समस्यामा रहेका वडावासीको घरघरमै गएर सेवा दिने गरेको छ । हामीले वडा वासिको लागी धेरै सेवा सुविधा दिने गरेका छौँ ।

० खानेपानीको निकै समस्या छ भन्ने सुनिन्छ नि ? के वडा बासीलाई पानी खुवाउन नस्कनु भएको हो ?
भुम्लु गाउँपालिका वडा नं. ७ फँलाटेमा एक घर एक धारा अभियान जारी रहेको छ भने एक घर एक शौचालय सम्पन्न भइसकेको देख्न सकिन्छ । वडाले वडाभित्र रहेका लोकल मुहानलाई पूर्ण सदुपयोग गरी सिंचाइ कार्य अगाडि बढाएको छ ।
खोला नाला प्रशस्त भएकोले पानीका लागि विभिन्न सिंचाइ आयोजनाहरु ल्याइएका छन् । भिरखर्क डाँडामा १ लाख घन लिटर क्षमता भएको ट्यांकी निर्माण भइसकेको छ भने विभिन्न ट्यांकी लगायत खानेपानी तथा सिंचाइ कार्य निर्माणाधिन छ । ४ करोड भन्दा माथिको बजेटमा वृहत सुनकोशी लिफ्टीङ्ग खानेपानी आयोजना धमाधम निर्माण भइरहेको छ । तपाई सुने जस्तो समस्या छैन । एक धारा अभियान जारी छ । यो अब छिटै पुरा हुने छ ।

० वडा बासीको मुख्य पेशा के रहेको छ ? कृषि क्षेत्रमा वडाले के गदै छ ?
हरियाली गाउँवस्ती भूमध्यीय उर्वराभूमि तथा वडाको पश्चिममा पर्ने लहर मिलेका खेतका फाँटहरु छन् । यी फाँटमा फल्ने सुन जस्ता धानका बाला, गहुँ, मकै, कोदो, फापर लगायत परम्परागत खेती हुँदै आएको छ भने विभिन्न नगदेबालीहरु जस्तैः विभिन्न फलपूmल, अम्बा, नास्पाती, कागती, भोगटे, लिची, बुद्धचित्त, एपोगाडा, केरा लगायत वनस्पति तथा कुखुरा, बाख्रा, माछा, बंगुर लगायत खेती गरी मनग्य कमाउने गरेका छन् भने यहाँका किसानहरु लाई बिशेष गरी बदरले सताउने गरेको छ । त्यति मात्र होइन कुखुरा, बाख्रा, वनस्पति मात्र नभई सुनकोशी किनारमा बंगुरको राम्रै उत्पादन देख्न सकिन्छ । यस वडाका नागरिकको मुख्य पेसा कृषि रहेता पनि अहिले कृषि पेसामा समेत आधुनिकीकरण भइसकेको हुँदा विभिन्न फर्म संचालनमा छन् । नगदेबाली, फलपूmल, पशुपंक्षी उत्पादन, व्यापार व्यवसाय तथा वैदेशिक रोजगार समेत आम्दानीको स्रोत रहेको छ ।

० वडामा यातायतको अवस्था नि ?
फँलाटेमा यातायातको राम्रो व्यवस्था रहेको छ । यही वडाको सडक मार्ग हुँदै भुम्लु गाउँपालिकाको केही वडा, चौरीदेउराली गाउँपालिका र रामेछापका केही स्थानमा समेत पुग्न सकिने भएकाले प्रशस्त यातायात पहुँच रहेको छ । त्यसैगरी घरघरमा सडक सञ्जाल जोडिएको छ । खेतबारीमा समेत सडक पुगेका छन् । त्यति मात्र होइन राष्ट्रिय योजनाको मध्यपहाडी लोकमार्गको लगभग ४ किलोमिटर सडक यसै वडामा पर्दछ । प्रायः सडक व्यवस्थित छन्, कतै ढलान भइसकेका छन् त कतै ग्राभेल, कतै पिचको लागि प्रारम्भिक तयारी हुँदैछ ।

 

० वडा लाई समृद्ध बनाउन के के गदै हुनुहुन्छ ?
हामीले वडा लाई थप समृद्ध बनाउनको लागी धेरै योजनाहरु अगाडी सारेका छौ । पर्यटकीय स्थल दोलालघाटबाट नजिक रहेको यस वडामा पनि पर्यटकीय सम्भावना राम्रै देख्न सकिन्छ । यस वडाबाट जुगल र गणेश हिमाल प्रष्ट देख्न सकिन्छ । त्यसैगरी रातोमाटे क्षेत्रमा पिकनिक स्पोर्ट बनाउन प्रारम्भिक अध्ययन भएको छ । साथै रासपातदेखि आँपघाटसम्म लगभग ३ किलोमिटर ¥याफ्टिङ्ग र उच्च दृश्य अवलोकनका लागि साविक वडा नं. ४ जुरेडाँडामा सेल्फी हाइट निर्माण हुने भएको छ । पातलेश्वर मन्दिर संरक्षणका लागि वडाले पालिकासँग समन्वय गरी प्रदेश सरकारबाट बजेट प्रस्ताव गरिसकेको छ भने यसै वडाभित्र रहेको इसाई धर्मावलम्बीको आस्थाको केन्द्र ए.जी.चर्च निर्माणका लागि समेत वडाले ४ लाख बजेट निकासा गरी निर्माण भई संचालित छ । मानव जीवनलाई अति आवश्यक पर्ने विकास निर्माण लगायत भौतिक पूर्वाधारमा समेत वडा अग्रपंक्तिमा छ । हालसम्म वडाले एक घर एक शौचालय, एक घर एक बगैँचा, एक घर एक धारो अभियान जारी तथा पूर्ण साक्षर वडा, पूर्ण सरसफाई वडा, पूर्ण खोप वडा समेत घोषणा गरिसकेको छ । त्यति मात्र होइन स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात जस्ता अति संवेदनशील क्षेत्रमा समेत सक्रिय रुपमा काम गरिरहेका छौ । वडाले समृद्ध वडा बनाउनका लागि विभिन्न गौरवका आयोजनाहरु अगि सारेको छ । वडाभित्र पर्ने मध्यपहाडी लोकमार्गको सडक पूर्ण व्यवस्थित बनाएको छ । वृहत सुनकोशी लिफ्टिङ्ग खानेपानी आयोजना ४ करोड माथिको बजेटमा धमाधम निर्माण भइरहेको छ । जसबाट फँलाटेका सतप्रतिशत नागरिकलाई प्रत्यक्ष प्रभाव पर्नेछ भने दोलालघाटबाट फँलाटे ६.५ किलोमिटर सडक कालोपत्रेका लागि टेण्डर प्रक्रियामा गइसकेको छ । जसबाट यस वडा मात्र नभई यस वडाको मार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई समेत सहज हुनेछ । राष्ट्रिय गौरवको आयोजनामा रहेका सुनकोशी हाइड्रोपावरका लागि वडा अध्यक्षको पहलमा विभिन्न माग पत्र जस्तैः शेयर, उचित मुआब्जा, कार्यदक्षताको आधारमा रोजगार ग्यारेन्टी जस्ता कुरामा प्रस्ताव गरेको छ । यस वडाको मुख्य समस्याको रुपमा रहेको लालपूर्जा समस्या समाधानका लागि विभिन्न पहलकदमी चालेको छ भने २ नं. नापी गोश्वाराको कार्यालय स्थापना भई काम सुरु भैसकेको छ । साथै विभिन्न प्राविधिक तथा सामाजिक कारणले बन्न नसकेको वडा भवन निार्मणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । वडाले बालपोषण भत्ता, ज्येष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया छलफल गर्नुका साथै विकास निर्माण, सामाजिक जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्य गर्नुका साथै वडाबाट हुने सबै खाले प्रशासनिक कार्य कुनै पनि झन्झट विना सेवाग्राहीलाई छिटो र सरल तवरले सेवा प्रदान गर्ने गरेका छौँ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..