धुलिखेल – काभ्रेपलाञ्चोक जिल्लाका आदिवासी जनजाती पत्रकारलाई तीन दिने खोजी तथा डिजिटल मिडियाको बारेमा तालिम दिईएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा भएको तालिममा जिल्लाका विभिन्न पालिकाका ३० जनाको सहभागिता रहेको थियो ।
फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले फोजिन काभ्रेले निक्कै रचनात्मक कामहरु गर्दै आएको बताउनुभयो । उहाँले यस्ता रचनात्मक कार्यले फोनिजको उपस्थिती झनै बलियो हुने अवस्थामा पुग्ने स्पष्ट पार्दै अझै यस्ता कार्यक्रम गर्न केन्द्रले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले फोनिज संघिय समितिले देशै भर तालिम संचालन गर्न केन्द्रीय उपाध्यक्षको नेतृत्वमा प्रशिक्षण विभाग गठन गरिएको र सो प्रशिक्षण विभाग बनाएपछि तालिम संचालन गर्ने पहिलो जिल्ला फोनिज काभ्रे भएको भन्दै काभ्रेको प्रशंसा गर्नुभयो । तालिममा सहभागीलाई प्रमुख अतिथि राईले प्रमाणपत्र वितरण गरिएको थियो ।
फोनिजका केन्द्रिय उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख अमरध्वज लामाले काभ्रे जिल्लामा फोनिजले देखाएको सकृयता एउटा असल उदाहरणको रुपमा स्थापित बनेको बताउँदै आगामी दिनमा पनि यस्तै सकृय बन्न अनुरोध गर्नुभयो ।
फोनिज केन्द्रले देशभर तालिम लगायत विभिन्न कार्यक्रमहरु गर्नको लागि ६० जिल्लामा रहेका शाखाहरुलाई परिपत्र समेत गरिएको लामाले बताउनुभयो ।
समापन कार्यक्रममा फोनिज बागमती प्रदेश इन्चार्ज पेमा लामाले काभ्रे जिल्लाले बागमती प्रदेशमै पहिलो पटक तालिम संचालन गरेर अरु जिल्लालाई पनि थप प्रेरणा दिएको बताउनुभयो ।
तालिमको समापन सभामा बोल्दै कार्यक्रमको सभाअध्यक्ष एवं फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले तालिमको लागि थोरै दिन भएपनि तालिममा सहभागिहरुले धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा विकास हुदै गरेको डिजिटल मिडिया र खोजी पत्रकारिता बारेमा तालिम पछि सहभागिहरुको लागि उपलब्धि मुलक प्रतिक्रिया दिएको खोजी समाचारप्रती रुची बढेको बताउनुभयो ।
तीन दिन सम्म चलेको तालिम रोशी गाउँपालिकाको आर्थिक सहयोगमा फोनिज कभ्रेको आयोजनमा संचालन भएको थियो । तालिम समापन कार्यक्रममा फोनिज बागमती प्रदेश स्थानीय सञ्चार हित प्रर्वद्धन विभागका संयोजक उजाड रक्तिम, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका संस्थापक सल्लाहकार मानकाजी सुवाल, बिकु नारायण ताम्रकार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly