काभ्रेपलान्चोक – बनेपा इन्द्र शोभा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाले आर्थिक रुपमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । आज चैते दशैको दिन आर्थिक अवस्था कम्जोर भएको एक परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको हो ।
पछिल्लो समय समाजसेवि हरि थापाको सक्रियता निकै बढेको छ । दिनानुदिन उहाँले समाजमा रहेका दिन दुखी असाहय अशक्तहरु लाई आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ निवासी कल्पना परियारको परिवार लाई आज हरि थापा र उहाँको श्रीमती सरिता थापा दुबै जनाले आर्थिक सहयोग गर्नु भएको हो । खाद्यान्न स्वरुप चामल, दाल, नुन, चिनी, तेल, बिस्कुट, च्यापती, मसला लगायतको खाद्यान्न हस्तान्तरण गर्नु भएको थियो । थापाले उक्त परिवार लाई अहिले बसिरहेको स्थानमा घर नै बनाइदिने घोषण गरे अनुसार नै घर बनाउन लाग्दा वडाले सिफारिस नगरेपछि घर बनाउने कार्य रोकिएको थियो ।
घर बनाउन वडाले नदिए पछि आज सहयोग स्वरुप खाद्यान्न सहयोग गर्नु भएको छ । बनेपा नगरपालिका निवासी हरि थापा नेपाली कांग्रेसको सक्रिय नेता हो । उहाँले पहिले देखि नै समाजमा रहेका आर्थिक अवस्था कमजोर भएका मानिसहरु लाई सहयोग गर्दै आउनु भैरहेको छ भने पछिल्लो समय दिनानुदिन सहयोग गर्दै आउनु भएको छ । हिजो मात्रै पनि बनेपा नगरपालिका वडा न ५ मिजार टोलमा हरि थापाको विशेष पहलमा ५२ प्याकेट चामल हस्तान्तरण गरिएको थियो ।
बेलायतबाट नेपालमा पटक पटक सामाजिक अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु लाई सहयोग गर्दै आउनु भएको माइला कान्छा मानवीय सहयोग समुहको तर्फबाट पार्बती गुरुङ, माया गुरुङले थापा लाई विशेष सहयोग गर्दै आउनु भैरहेको छ ।