जसमा पार्टी सदस्यता नवीकरण र वितरण, वास्तविक तथ्याङ्क संकलन, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभूत तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी लिने र पार्टीको आधारभुत सैद्धान्तिक राजनीतिक प्रशिक्षित गराउने एमालेको योजना अनुसार गतिबिधिहरु भैरहेको छ । यो हप्ता वडाका बिस्तारित बैठक सक्ने चैत्रभरमा टोल र वडा स्तरीय कार्यक्रम सकि बैशाख पहिलो सातामा पालिका स्तरिय कार्यक्रम हुने छन । यहि क्रममा मण्डनदेउपुर नगरपालिका वडा नं. ३ र १० मा शु्क्रबार वडास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरुट अन्तर्गत विभिन्न गतिविधिहरु संचालन गर्न योजनाहरु बनाएको छ ।बागमती प्रदेश कमिटी सदस्य ऋषिराम सापकोटाको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष भोला बजगाईको अध्यक्षता रहेको कार्यक्रममा युवा नेता झलक तामाङको स्वागत र इश्वरी तामाङको संचालन रहेको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु रुद्र बहादुर तामाङ र बिमला आचार्य जिल्ला कमिटी सचिवालय सदस्य बिदुर प्रसाद सापकोटा, जिल्ला सदस्य नवराज बजगाई, नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेल लगायतको आतिथ्यता रहेको थियो ।त्यसैगरी मण्डनदेउपुर नगरपालिका वडा नं.१० मा केन्द्रिय सदस्य उषा किरण तिम्सेनाको प्रमुख आतिथ्यता रहेको थियो । वडा कमिटी अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षता, वडा कमिटी सदस्य उद्धब प्रसाद नेपालको स्वागत र सचिव दिपक नेपालको संचालनमा भएको कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य बिदुर प्रसाद सापकोटा र हरि खतिवडा जिल्ला सदस्यहरु शुभद्रा नेपाल र नवराज बजगाई जिल्ला सल्लाहकार सदस्यहरु हरिप्रसाद नेपाल र गणेश नेपाल नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेल, नगर कमिटी सह– सचिव सुमन नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा नेकपा एमाले वडाकास्तरीय विस्तारित बैठक केन्द्रिय सदस्य उषाकिरण तिम्सेनाको आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरु ऋषिराम सापकोटा, बिमला आचार्य जिल्ला कमिटी सचिवालय सदस्य बिदुर प्रसाद सापकोटा, जिल्ला सदस्य नवराज बजगाई, नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेल लगायतको आतिथ्यता सम्पन्न भएको थियो । वडा कमिटी अध्यक्ष मैतेसिं तामाङ्को अध्यक्षता र नगर कमिटी सदस्य राजन पराजुलीले कार्यक्रम संचालन गर्नु भएको थियो । बैठकले मिसन ग्रासरुट अन्तर्गत विभिन्न गतिविधिहरु संचालन गर्ने योजना बनाएको छ ।जिल्लाभर जारी अभियानका लागि जिल्ला इन्चार्जका रुपमा पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय कमिटी सदस्य गणेश पहाडी, विद्यासुन्दर शाक्य, नारायण सिल्वाल, उषाकिरण तिमल्सिना र यमबहादुर परियारलाई तोकेको थियो । फुँयालले पनौती, खानीखोला र महाभारत गाउँपालिकाको जिम्मेवारी लिएका थिए भने पहाडीले बेथान्चोक, रोशी, शाक्यले बनेपा र धुलिखेल, सिलवालले चौरी र भुम्लु, तिमल्सिनाले पाँचखाल र मण्डनदेउपुर तथा परियारले नमोबुद्ध र तेमाल गाउँपालिकाको जिम्मेवारी लिएका थिए । केन्द्रीय टोलीसँग जिल्लाका पदाधिकारीहरु र जिल्ला कमिटीका नेताहरुले जिम्मेवारी लिएका थिए । जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले बनेपा र धुलिखेल, उपाध्यक्ष चन्द्र लामाले खानीखोला, महाभारत र रोशी, सचिव राजन भुर्तेलले नमोबुद्ध, तेमाल र चौंरिदेउराली, उपसचिव राजकुमार सापकोटाले पनौती र बेथानचोक, उपसचिव रिता ढकालले पाँचखाल, मण्डनदेउपुर र भूम्लुमा विशेष केन्द्रीत भएर अभियान संचालन गरेका छन् । जिल्ला कमिटीका सदस्यहरुलाई अभियानमा भुगोल केन्द्रीत जिम्मेवारी तोकिए अनुसार अभियानमा खटिरहेको जिल्ला सदस्य नवराज बजगाईले बताए ।