काभ्रेपलान्चोक – बनेपा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता शुरू भएको छ । आज बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यले खेलकाे उद्घाटन गर्नु भएकाे हो ।

कार्यक्रममा उप-प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत प्रकाश अाचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश वादे, इलाका प्रहरी कार्यालय बनेपा प्रमुख प्रहरी निरीक्षक नारायण थापा, शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठी, सामाजिक विकास शाखा अधिकृत चिरञ्जीवी अर्याल लगाएतकाे सहभागितामा कार्यक्रम उद्घाटन गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा १६ वटा विद्यालयकाे सहभागि रहेकाे छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..