पनौती । पनौती नगरपालिका वडा नं. ८ गुराँसमार्ग स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले आफ्नो १६ औँ वार्षिक स्थापना दिवस भब्यताका साथ मनाएको छ । सहकारीले नगर स्तरिय वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पनौती नगरपालिकाका २१ वटा निजी र सामुदायिक विद्यालय सहभागि भएका थिए ।
प्रतियोगिता मूलत संस्थाको सामाजिक उत्तरदायित्वका साथै सहकारीबारे चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले बताउनुभयो ।
प्रतियोगितामा सरस्वती कुञ्ज बोर्डिङ स्कुलकी कला दाहाल प्रथम, द्वितिय – रोजिता थापा सामुदायिक माध्यमिक विद्यालय, तृतीय – कन्चन सापकोटा श्री शान्ति निकेतन मावि पनौती र अरुणोदय बोर्डिङ स्कुलकी कुसुम तिमल्सिना सान्त्वना स्थान हाँसिल गर्न सफल भएको संस्थाका प्रबन्धक गौतम प्रजापतिले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले सञ्चालक नेता कर्मचारी हाकिम भएमा सहकारी चल्न नसक्ने बताउनुभयो । त्यसैगरी सहकारी रजिस्टार समेत रहनुभएका अधिकारीले समुदायसँग जोडिने सहकारी ठुलो भएको बताउनुभयो । अधिकारीले आर्थिक क्रियाकलाप मात्र गर्ने सहकारी नभएर कम्पनी भएको बताउनुभयो । आफ्ना सदस्यको अनन्तको आवश्यकता पूरा गर्ने संस्था सहकारी भएको तर्क गर्नुभयो । शुद्ध वासलात हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रम संस्थाको योजना निर्माण संयोजक सुरेश सैंजुको संयोजकत्वमा आयोजना गरिएको हो । संयोजक सैंजुले
विद्यार्थीहरूले दमदार प्रस्तुति दिएको बताउनुभयो । सहभागि विद्यार्थीहरूले सहकारीको विषयमा अनुकरणीय भनाई हरू प्रस्तुत गरेको सैंजुको तर्क थियो ।
पनौती नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका भित्रका विभिन्न विद्यालयहरुका शिक्षक, विद्यार्थी, सहकारीका संस्थाका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो । वक्तृत्वकलामा प्रस्तुत विचार एवं तर्क अनुकरणीय भएको संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले बताउनुभयो ।
संस्थाका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सदस्य सचिब प्रविन दाहालले सञ्चालन गर्नुभएको थियो । संस्थाको १६ स्थापना दिवस केक काटेर उत्सवको रुपमा मनाइएको प्रबन्धक प्रजापतिले बताउनुभयो ।