पछिल्लो समय उच्चशिक्षा हांसिल गर्न नेपाली बिध्यार्थीहरू बिदेश जाने क्रम बढ्न थालेको छ । नेपाली बिध्यार्थीहरूलाई उच्चशिक्षा उपलब्ध गराउंन खोलिएका ऐजुकेशन कन्सल्टेन्सीहरूको संख्यामा सोमबारबाट गोल्डन वाक ऐजुकेशनल एण्ड भिसा सर्भिसेस नामक कन्सल्टटेन्सीले पनि आफ्नो सेबा शुरू गरेको छ ।

काठमाण्डौको पुतली सडक शंकरदेब कलेजसंगै रहेको यो कन्सल्टेन्सीको सोमबार शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादबले एक समारोहबीच शुभारम्भ गरेकी थिईन् । शुभारम्भ कार्यक्रममा मन्त्री यादबले बिदेशमा गएर पढेको , जानेको र सिकेको शिक्षा तथा ज्ञानलाई स्वदेशमा ल्याउनु पर्ने कुरा तर्फ जोड दिएकी थिईन । गोल्डन वाकमा निर्देशक सुनिल बिष्ट ,संस्थापकहरु सुन्दर चापागाईं र नबराज बिष्ट लगायतको समूह सन्चालकको रूपमा रहेका छन । शुभारम्भ कार्यक्रममा गोल्डन वाक ऐजुकेशनल एण्ड भिसा सर्भिसेसले उच्चशिक्षा अध्ययन गर्न बिदेश जान चाहने नेपाली बिध्यार्थीहरूलाई अष्ट्रलिया,अमेरिका,क्यानडा ,यू के , न्यूजल्याण्ड,आयरल्याण्ड र
जर्मन लगायतका मूलुकहरूमा पठाउंने छ ।

गोल्डन वाक सन्चालनमा आएकोमा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, चर्चित फेशन डिज़ाइनर उत्तम बनेपाली र मिस नेपाल निती शाह लगायत प्रजातान्त्रिक समूहसंग आबद्द ब्यक्ति तथा ब्यक्तित्वहरूले गोल्डन वाकको कार्यालयमा नै पुगेर सस्थाको सफलताको लागि शुभकामना दिएका थिए । सस्थालाई सबै बिध्यार्थीहरूको बिश्वासिलो र भरपर्दो कन्यल्टेन्सीको रूपमा अगाडि बढाईने जानकारी सस्थाका निर्देशक सुनिल बिष्टले दिएका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..