काभ्रेपलान्चोक –  पेप्सीकोला गोठाटारमा अवस्थित गोल्डेन बट स्कूलमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा विकासको लागि आयोजित समूहगत नृत्य प्रतियोगितामा सिनियर तर्फ कक्षा ८ प्रथम भएका थिए भने कक्षा ७ दोस्रो भएका थिए । त्यस्तै जुनियरतर्फ कक्षा ५ प्रथम भएका थिए भने कक्षा ४ दोस्रो भएका थिए ।
विद्यालयका प्रिन्सीपल हरिष श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रिन्सीपल श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक अमरकृष्ण चन्दले निर्णायकको भूमिका निभाएका थिए  ।
प्रिन्सीपल श्रेष्ठले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनमा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यार्थीहरु पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउन विद्यालयले यस किसिमको कार्यक्रमहरु गर्दै आएको बताए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त त्रियाकलापमा समेत अब्बल बनाउँदै आएको छ गोल्डेन बट स्कूलले ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul