


काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) का लागि नयाँ राजनीतिक दल दर्ता गर्ने आयोगले दिएको समय आज (कात्तिक ३०) सकिन्छ। अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन तयारीस्वरूप आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो।
बिज्ञापन


पहिले दर्ता भएका दलहरूले पनि चुनावमा भाग लिन पुनः दल दर्ता गर्नुपर्नेछ। प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता खुला रहने आयोगले जनाएको छ।



