


बनेपा – काभ्रे जिल्ला कै पुरानो शैक्षिक संस्था ज्योति एकेडेमी स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने तयारी गरेको छ। स्कुलले २०८२ साल साउनदेखि कक्षा ११ को पठनपाठन सञ्चालन अनुमति पाएलगत्तै विद्यार्थीमा उत्साह छाएको छ।


यसपटक स्कुलले व्यवस्थापन विषय अध्ययन गराउने तयारी गरेको स्कुलकको प्रधानाध्यापक महेन्द्र विष्टले बताए ।

काभ्रे जिल्लाको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ज्योती एकेडेमी स्कुलले २०८२ साल साउनदेखि कक्षा ११ को पठनपाठन सञ्चालन अनुमति पाएलगत्तै विद्यार्थीमा उत्साह छाएको छ।
विज्ञानको प्रयोगशाला, कप्युटर ल्याब, स्मार्टबोटबाट शिक्षण सिकाइ, कक्षा तीनसम्म मन्टेश्वरी विधिबाट शिक्षण सिकाइ, ग्रेड शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलापले यस स्कुलमा शैक्षिक गुणस्तर कायमा हुँदै गएको छ।स्कुलले अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको प्रअ विष्टले गर्वसाथ बताए।
‘कक्षा ११को पठनपाठनको अनुमति स्कुलले पाउँदा शिक्षक, विद्यार्थी र अभिभावक निकै उत्साहित हुनुभएको छ,’ विष्टले भने, ‘हामीसँग कक्षा १० सम्म चलेको छ। अब कक्षा ११ मा व्यवस्थापन पढाउने जमर्को गरेका छौं। एसइई पूरा गरेका विद्यार्थी आफ्नै स्कुलमा कक्षा ११ को पढाइ गर्न पाउने अवसर पाउँदा निकै खुसी बनेको प्रअ विष्टले बताए।

                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          