काठमाडौं । भलिवल प्रशिक्षक उत्सव खड्काले भारतमा एफआईभीबी (Fivb) को दोस्रो चरणको कोचेस कोर्ष पुरा गरेका छन् । VOLLEYBALL FEDERATION OF India & Dr. SIVANTHI ADITYAN REGIONAL DEVELOPMENT CENTRE FOR VOLLEYBALL , CHENNAI – INDIA द्धारा भएको कोर्षमा खड्काले दोस्रो चरण पार गर्न सफल भएका हुन् ।

उक्त कोर्षमा भारत,अफगानिस्तान, नेपाल, ग्रीसलगायत देशका ३२ जना सहभागी थिए । १० वर्षको उमेरदेखि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलको प्रशिक्षण गरेका उनले २०६६ सालमा पीएलए (PLA) स्पोर्टस क्लवले गरेको राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रको टिमबाट डेब्यु गरेका थिए ।

हाल जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुर र टिप् टप हेल्प नेपाल स्पोर्ट्स क्लब काठमाडौंका प्रशिक्षक उनले जवालाखेल भलिबल प्रशिक्षण केन्द्रबाट थुप्रै क्लब च्याम्पियनहरु खेलेका छन् । २०७५ सालसम्म राष्ट्रिय प्रतियोगीताहरु, र क्लव च्याम्पियन प्रतियोगीतामा उनी सहभागि भएका थिए ।

थुप्रै वर्ष मध्यमाञ्चल विकास क्षेत्र र अहिलेको प्रदेश ३ को कप्तानीको भूमिका गरेका उनले कम उमेरमा नै २०७५ सालमा भारतको पटियालास्थित नेताजी सुभाष राष्ट्रिय क्रीडा संस्थानमा भलिबलमै एक वर्ष डिप्लोमा इन स्पोर्ट्स कोचिङ्ग पुरा गरेर दक्ष प्रशिक्षक बन्न सफल भएका थिए । त्यसपछि निरन्तर प्रशिक्षक भई भलिबलमा उनले योगदान दिएका छन् ।

अहिलेको नयाँ पुस्तामा भलिवलमा एक बर्षे कोचेस कोर्स (डिप्लोमा इन स्पोर्ट्स कोचिङ्ग) र एफआईभीबी दोस्रो चरण (Fivb level 2 ) पुरा गरेका उनी नेपालका एक मात्रै व्यक्ति हुन् ।

नेपालको विभिन्न ठाउँमा गएर प्रशिक्षकको भुमिका निर्वाह गरेका र उत्कृष्ट नतिजा ल्याउन सफल भएका उनी २०७७ सालमा नेपाल भलिबल संघको संयोजकत्वमा ढोरपाटन क्लबद्वारा आयोजित आधारभूत भलिबल प्रशिक्षक कोर्षमा पहिलो चरणमा प्रशिक्षक बनेका थिए ।

२०७६ सालदेखि अहिलेसम्म उनले ललितपुरकाे जावलाखेल भलीबल प्रशिक्षण केन्द्र, काठमाडौंको टिप् टप हेल्प नेपाल स्पोर्ट्स क्लब, नुवाकोटको दुप्चेश्वर गाउँपालिका, नुवाकोटको पञ्चकन्या गाउँपालिका, रामेछापको सुनापति गाउँपालिका र सोलुखुम्बुको फोर्चे युवा समूहमा रहेर काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..