काभ्रेपलाञ्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बि.पि.लोकमार्गमा चल्ने ५५ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो । 

केही दिन अगाडी मात्रै सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो भने आज जिल्ला ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालले काभ्रे प्रेस डट कम लाई जानकारी दिनुभयो ।


चेकजाँच बाट १५ सवारीसाधन लाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly