

काठमाडौँ, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रका लागि १६ राजनीतिक दललाई निमन्त्रणा दिएको छ।

महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने दलसँगै कम्युनिष्ट पृष्ठभूमिका दलहरूलाई अतिथिका रूपमा बोलाइएको हो।


नेपाली कांग्रेस, नेकपा, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, क्रान्तिकारी माओवादीलगायत दललाई निम्तो पठाइएको छ।
ने कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा दिइएको समितिका सदस्य सुनिता बरालले बताइन्।
नेकपा संयोजक प्रचण्ड उपत्यका बाहिर रहेका कारण भेटेर निमन्त्रणा दिन बाँकी रहेको जानकारी दिइएको छ।


